Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट, धनगढी उपमहानगरपालिका–१५ कनरी र टीकापुर नगरपालिका–१ नयाँबस्तीबाट करिब ३४ हजार ५४० मुल्य बराबरको प्राउन, पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाँउ बाट करिब २४ हजार ६ सय मुल्यको पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका अबैध सामान इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : जापानी विदेशमन्त्री योको कामिकावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उत्रिएकी छन्। श्रीलंकाको दुईदिने भ्रमण सकेर उनी एकदिने नेपाल भ्रमणमा आएकी हुन्। उनलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थल पुगेकी थिइन्। परराष्ट्र मन्त्रालयका अनुसार योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। योको आजै स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं : नेपाल सरकारले एक सयको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णयमा भारतले असन्तुष्टि जनाएको छ।  चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका  भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सएकल निर्णयको अर्थ छैनरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।  पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिँदै उनले आफूले नेपाल सरकारको निर्णय सुनेको तर यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताए। उनले भने‘ ‘सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ छैन। धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्छ। यसमा हामी प्रष्ट छौं।’ गत बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो। एक…

Read More

ललितपुर : ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको छ ।  मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।  उनका अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । किस्ट हस्पिटल नजिकै पर्ने स्थानीय बाफल भन्ने स्थानमा भएको आगलागी नियन्त्रणका लागि दमकलसहित कमेकिलको समेत प्रयोग गरिएको उनको भनाइ छ ।  प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ  । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका पछिल्ला अभिव्यक्तिलाई हेरेर सुदूरपश्चिममा दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिने बताउनुभएको हो । अध्यक्ष ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले गए राति ओली निवासमा भेटेर विश्वासको मत दिने/नदिने विषयमा छलफल गर्नुभएको थियो । छलफलमा अध्यक्ष ओलीले विश्वासको मत नदिनका लागि नेताहरुलाई निर्देशन दिनुभएको थियो ।  ‘छलफलका क्रममा ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न भन्नुभएको छ,’ एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले भन्नुभयो…

Read More

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ देवरियाबाट २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक रानालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ७२० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंकसहित पञ्जाव छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । १० अंकसहित चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्सबीच हुदै छ…

Read More

काठमाडौं : जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणका लागि आइतबार (आज) काठमाडौं आउँदैछिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् । उनले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । जापानकी विदेशमन्त्री योको आजै स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।  जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । 

Read More

काठमाण्डौ :  जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । भारत मधुवनी जिल्लाको भंझारपुरमा पर्सि अर्थात् मे ७ तारिखमा लोकसभा चुनाव हुन लागेकाले रेल सेवा तीन दिन बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचना निकालेर जानकारी दिएको छ । चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भङ्गहा रेलसेवा बन्द गरिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मङ्गलवारसम्म पूर्णरूपमा बन्द रहनेछ ।

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । यसअघि पटकपटक धकेलिएको सुनवाई आज सुरू हुने अपेक्षा सन्दीपले राखेका छन् । जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो । सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म छ ।

Read More