Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो। धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको  छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ…

Read More

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका-५ काे दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मृत्यु हुनेमा बेलौरी ४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवर रहेका छन् । उनीहरु शनिबार दिउँसो पौडी खेल्न नदीमा पसेका थिए । सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । उनीहरुको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डीएसपी जोशीले बताए ।

Read More

धनगढी : कैलालीको अत्तरियाको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ बसपार्क स्थित यात्री प्लाजा होटलबाट युवायुवती सहित सायल होटल सञ्चालक पक्राउ परेका हुन् । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने गुनासोका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती‌ अत्तरियाको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले शुक्रबार राती पक्राउ गरेको हो । पक्राउ परेका दुई पुरुष र एक महिलाको नाम भने खुलाईएको छैन् । तीनै जना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी  : लागू औषधका मुख्य व्यापारी भारतको लखिमपुरमा पक्राउ परेका छन् । लखिमपुर खीरी प्रहरीले टाटरगञ्जका बलबीर भनिने बिरेन्द्र करनवाल र पिलिभितका गग्गी भनिने हरमेश सिह नामक कुख्यात अन्तराष्ट्रिय ड्रग्स कारोबारी पक्राउ गरेको हो । स्वीफ्ट डिजायर गाडीमा नेपालको सीमानासम्म ब्राउन सुगर पुगाउने उनीहरुको साथबाट भारतीय प्रहरीले ४०१ ग्राम ब्राउन सुगरसमेत बरामद गरेको जनाएको छ । केही दिन अघि भारतीय प्रहरीले पक्राउ गरेका तीन जना ‘ड्रग्स’ कारोबारी अंकित माल्या, विक्की नेपाली भनिने विक्की गुप्ता र सन्नी गुप्तालाई ब्राउन सुगर उपलब्ध गराउने उनीहरूलाई भारतीय प्रहरीले ठुलो प्रयासपछि पक्राउ गर्न सफल भएको हो । उनीहरु नेपाल र भारतको सीमा क्षेत्रका कारोबारीलाई ब्राउन…

Read More

धनगढी : कैलालीमा भन्सार छली गरि ल्याइएको पाँच लाख मूल्य बराबरको सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा भारतबाट भन्सार छली गरि अवैध रुपमा ल्याइरहेको अवस्थामा पाँच लाख नौँ हजार ५४० रुपैयाँ बराबरको सामान बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार धनगढी उपमहानगरपालिका–३ को ज्ञानुप्लाजा नजिकैबाट एक लाख २८ हजार बराबरको कुर्ति, सुट, दोपट्टा, भजनी नगरपालिका–८ को खैराबाट दुई लाख ३४ हजार रुपैयाँ बराबरको हिरोहिन्डो मोटरसाइकलसहित सुर्ती र बिडि बरामद गरिएको छ । यस्तै, भजनी नगरपालिका–५ को लालबोझी र पिपलकोटीबाट ८० हजार बराबरको ३५० किलो चिनी, खाने…

Read More

काठमाडौं : नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए । नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए…

Read More

धनगढी : कञ्चनपुरका एक युवकमाथि भारतीय एसएसबीले निर्घात कुटपिट गरेको छ । कञ्चनपुरको दोधारा चाँदनीस्थीत नेपाल–भारत सिमा क्षेत्रमा भारतीय एसएसबीले दोधारा चाँदनी नगरपालिका–८ सैनिकटोलका ३५ बर्षिय नर बहादुर नेपालीमाथि कुटपिट गरेको हो । भारतीय बजार मेलाघाट स्थित रहेको भारतिय सिमा सुरक्षा बल पोष्ट नजिक रातीको समयमा घर फर्किदै गर्दा एसएसवीद्धारा आफु कुटिएको उनले बताएका छन्। भारतिय सिमावर्ती बजारमा फर्कदा आफुहरुलाई ढिलो हुने विषयमा आफुले एसएसवीलाई जानकारी गराउदा समेत कुटिएको बताएका छन् । उनले भने, मदिराले लठ्ठ भएका नाम नखुलेको एसएसवीले आफुलाई मुड्की, लात्ती र लठ्ठीले कुटपिट गर्दा मेरो टाउको, हात र खुट्टामा निलडाम छ । ‘साथीहरु संग घर फर्किदा गर्दा एसएसवीले…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ । हिजो विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए। तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन । अन्तिममा हिजोको प्रदेश सभा बैठक आज ५ः३० बजे सम्मको लागि स्थगित गरिएको थियो । शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए । ‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्‍यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि स्थगित भएकाे छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेकाे हाे । सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री साेडारीले सल्लाह बिना विश्वासकाे मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाकाे बैठक स्थगित गर्दै  शनिबार लिने तयारी थियाे । तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक  अनिश्चितकाललाई सारिएको हाे ।

Read More