धनगढी : सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु गरिएको छ ।
आइतबारदेखि अस्पतालले एमआरआई सेवा सुरु गरेको हो ।
अस्पतालले एक सूचना जारी गर्दै एमआरआई मेसिन जडान भई परीक्षण सबै कार्य पूरा गरी आइतबारबाट सेवा सुचारु गरिएको जानकारी दिएको छ ।
यससँगै सर्वसाधारणले सस्तो शुल्कमा सरकारी अस्पतालबाटै एमआरआई सेवा पाउनेछन् ।
Facebook Comments Box