Author: महेन्द्रनगर पोष्ट

रुकुमपश्चिम : रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जनाकारी दिए। आज बिहान रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले मृतक गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको गिरीको भनाइ छ। प्रहरीले ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा रहेका आक्रोशित स्थानीयहरुले ट्रक तोडफोड गरेका छन्।

Read More

काठमाडौं : भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा जगातीबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१.०३० चं. ०९९५ नं. को कारलाई सोही दिशाबाट जाँदै गरेको बा. ७३ प. २८३६ नं. को स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार चालक गम्भीर घाइते भई तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा दिउँसो साढे चार बजे निधन भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए। मृत्यु हुनेमा रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङ रहेको कार्कीको भनाइ छ।​ स्कुटरमा पछाडि सवार…

Read More

सुर्खेत : बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट जाँदै गरेको रात्रिबस सुर्खेतमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सुर्खेतको सिम्ता गाउँपालिका–३ मा ना ४ ख ९३१७ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो। इलाक प्रहरी कार्यालय सिम्ताका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना छन्। घाइतेमध्ये एक महिलाको टाउकोमा चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको घटनास्थलमा रहनु भएका चौरजहारी नगरपालिका १ का तेजबहादुर बिष्टले जानकारी दिए। उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भएको छ। सबै जना घाईतेको अहिले सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको…

Read More

काठमाडौँ : ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ । यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ । अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । यहाँ उनले हमास र…

Read More

काठमाडौँ : इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ । त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन् । यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा राप्रपाले ५१० मत…

Read More

धनगढी : सुदूरपश्चिममा नेपाल प्रहरीका हवल्दार, सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले आज (मंगलबार) सरुवा निकालेको हो जसमा १ हजार ७७ जना हवल्दार,सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार यस अगाडि नै हुने भनिएको उक्त सरुवा बझाङमा भएको उपनिर्वाचनका कारण केही ढिला भएको थियो। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले हवल्दार सरुवा मापदण्डलाई कडाइका साथ पालना गर्दै गरिएको जनाएका छन्। केसीले प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्डअनुरुप सरुवा गरिएको बताए। जसमा स्थायी ठेगाना भएको ठाउँमा नखटाइएको, पूर्व दरबन्दीमा नखटाइएको,…

Read More

काठमाण्ठौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । नौ खेलमा पाँच खेल जितेको लखनउ १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । नौ वटै खेल खेलेको मुम्बई भने तीन वटा मात्रै खेल जितेर नवौँ स्थानमा छ । आइपीएलमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक…

Read More

धनगढी: बैतडी घर भएका कृपाचार्य अवस्थीको निधन भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ धौलाडी बस्ने अवस्थीको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। उनको हिजो राति ९७ वर्षको उमेरमा सिभिल हस्पिटल काठमाडौंमा निधन भएको बताइएको छ।उनी बैतडी जिल्लाकै पूर्बीय दर्शनका मूर्धन्य विद्वान, योगी, वेद र योगअभ्यासका ज्ञाता मानिन्थे।

Read More

धनगढीः धनगढीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा धनगढी उपमहानगपालिका-४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । ६ वैशाखमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले बोलाएको बैठकमा विश्वासको मत र सरकार विस्तारका बारेमा छलफल हुने बताए । स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले मंगलबार नै सरकार विस्तारको तयारी गरेका छन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापालाई मन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । बिहीबार वा शुक्रबार भित्र विश्वासको…

Read More