धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले सुदूरपश्चिम प्रदेशको नाम परिवर्तनको माग गर्दै बहस सुरु गरेका छन्। शनिबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले “सुदूरपश्चिम” नामले प्रदेशको पहिचानलाई पछौटेपनसँग जोड्ने भएकाले नयाँ र सकारात्मक नाम राख्नुपर्ने धारणा व्यक्त गरे। “हाम्रो परिचय सुदूर बनाइराख्न पाइँदैन”नगर प्रमुख बोहराले भने, “पहिला गाउँघरमा बार अनुसार नाम राख्ने चलन थियो। त्यस्तै, प्रदेशको नामले यहाँका बासिन्दाको पहिचानलाई सधैं सुदूर र पछाडि देखाउने काम गरिरहेको छ। काठमाण्डुका लागि यो सुदूर होला, तर हाम्रो लागि त काठमाण्डु नै सुदूर हो।” उनले प्रदेश सभालाई नाम परिवर्तनको विषयमा पुनः छलफल गर्न आग्रह गरे। यस्तै नगर प्रमुख बोहराको टिप्पणीमा प्रतिक्रिया…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सीमावर्ती तीन प्रदेशका डिआइजीलाई मुख्यालय हल्चोकमा तानेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका डिआइजीलाई सीमा सुरक्षा विभाग प्रमुख सिपी गौतमसमक्ष उपस्थित गराइएको छ। सीमा सुरक्षामा समस्या देखिएको र व्यवसायिकतामा प्रश्न उठेकी भन्दै उनीहरू तानिएका हुन्। जसमध्ये कोशी प्रदेशका डिआइजी शम्भु सुवेदी व्यक्तिगत कामका लागि भन्दै अमेरिका गएका छन्। उनी अनुपस्थित रहेपछि निमित्तको रूपमा जिम्मेवारी सम्हालिरहेका एसएसपी मनिष थापालाई पनि मुख्यालयमा झिकाइएको छ। अविवाहित थापा खानपिनमा रसिक र अनुशासित व्यक्तित्वका रूपमा चिनिन्छन्। मधेश प्रदेशका डिआइजी कालिदास धौबजी पनि मुख्यालय हल्चोकमा तानिएका छन्। लुम्बिनी प्रदेशका डिआइजी प्रदीपकुमार पाललाई पनि मुख्यालयमा हाजिर गराइएको छ। प्राविधिक क्षेत्रबाट आएका…
धनगढी: कैलालीमा जंगली जनावर मार्न थापेकाे धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन्। गाैरीगंगा नगरपालिका-१ काे माैवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएकाे धरापमा परेर गत भदौमा साेही ठाउँ बस्ने २० वर्षीय आदित्य चाैधरी घाइते भएका थिए। उक्त घटनामा गाैरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चाैधरी, ४० वर्षीय शनिराम चाैधरी, ३२ वर्षीय बाबुराम चाैधरी र २६ वर्षीय बिनु चाैधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए। उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बाेहराले बताए। धरापमा परेर घाइते भएका चाैधरी भने उपचारपछि घर फर्किसकेका छन्।
धनगढी: डोटीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार शंकास्पद मृत्यु भएको हो। नेपालीको मृत्युपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ। महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक डिएसपी भिमलाल भट्टराईले मृतकका काका नाता पर्ने लाले नेपालीले प्रहरी चौकीमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले एमाले पार्टी परित्याग गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत् अब कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको घोषणा गरेका हुन्। खनालले २०७९ असोज ६ गते एमालेमा प्रवेश गरेका थिए। एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा खनालले केपी शर्मा ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै पार्टी प्रवेश गरेका थिए। प्रहरी सेवामा रहँदा ओलीको राष्ट्रवादी दृष्टिकोणबाट आफू प्रभावित भएको बताउने खनालले पार्टीमा दुई वर्ष बिताएपछि एमालेसँग मोहभंग भएको खुलासा गरेका छन्। खनालले एमालेमा आबद्ध भएसँगै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका थिए। तर, सो निर्वाचनमा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए।…
धनगढी: अस्ति कंचनपुरस्थित महाकाली नदीमा निर्माणाधीन पुल निर्माण कम्पनीले पहुँच मार्ग भत्कायो। कुमार सिएफइसी जोइन्ट भेन्चरले बुधबार महाकाली पुल वारिपारि दुवैतर्फ पहुँच मार्ग भत्काएको हो। कम्पनीले दुवैतर्फ पुलको पहुच मार्ग भत्काउँदा भीमदत्त–दोधाराचाँदनी यातायात सेवा सञ्चालनमा अवरोध पनि भयो। तर यो विवाद अझै रोकिएको छैन। विवादकै कारण सडक र पुल निर्माण अलपत्र पर्ने देखिएको छ। सडक अवरुद्ध भएको दिन कम्पनीका इन्जिनियर किशोर पाण्डेयलाई प्रहरीले पुलबाटै नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याएरपछि छाडेको थियो। ठेकेदार कम्पनीले सडक बनाउन नखोज्दा विवाद उत्पन्न भएकोमा प्रहरीसम्मै कुरा पुगेको हो। सो निर्माण क्षेत्र भीमदत्त ११ मा पर्दछ। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका भूपेन्द्र क्षेत्रीले पुलदेखि गड्डाचौकीसम्म दायाबाया वाईवास निर्माण…
धनगढी: कञ्चनपुरको ब्रह्मदेव जैविक मार्ग एवम् आसपासको वन क्षेत्रमा बाघ तथा आहारा प्रजातिको गणना थालिएको छ। डडेल्धुरादेखि सीमावर्ती भारतका विभिन्न वन क्षेत्रसँग जोडिएको ब्रह्मदेव जैविक मार्गमा ‘क्यामेरा ट्रयापिङ’बाट बाघ तथा आहारा प्रजातिको गणना थालिएको हो। जलवायु परिवर्तनका कारण बाघ पहाडी क्षेत्रमा देखापरिरहेको तथ्यांक सार्वजनिक भइरहेका बेला ब्रह्मदेव जैविकमार्गमा त्यसको अनुगमन भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टले जानकारी दिए। ‘बाघको संख्या बढिरहेकाले यसले बासस्थानको क्षेत्र पनि बढाइरहेका छ। निकुञ्ज मात्रै नभए बाघको मुभमेन्ट चुरे पहाडतिर पनि देखिएको छ,’ भट्टले भने, ‘बाघ भएको ठाउँमा आहारा प्रजाति पनि हुनुपर्छ। नभए बाघ बस्तीतिर पसेर मानव-वन्यजन्तु द्वन्द्वका घटना हुने गर्छन्।’ उनका अनुसार…
काठमाडौं: सर्वोच्च अदालत बार एसोसिएसनको आज भएको मतदानमा नेपाली काँग्रेस निकट संगठन डिलए र नेकपा एकीकृत समाजवादी निकट संगठन एसपीएलएको गठबन्धन अत्यधिक मतले विजयी भएको छ। प्राप्त अन्तिम परिणाम अनुसार अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ र अर्का उम्मेदवार अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका छन्। त्यसैगरी उपाध्यक्षमा अधिवक्ता अम्मरबहादर राउत ३४६, सचिवमा अधिवक्ता रमणकुमार कर्ण ३३९, सहसचिवमा अधिवक्ता पुन्देवी महर्जनले ३३७ र कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मत ल्याएर विजयी भएको जनाइएको छ। अन्य विजयीमा महिला सदस्यमा अधिवक्ता शशि बस्नेत हुन्। त्यस्तै सदस्यहरुमा वरिष्ठ अधिवक्ता दुर्गामोहन…
काठमाडौँ: सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ। विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा शुक्रबार आयोजित एक विशेष समारोहमा सुदूरपश्चिमको डोटी घर भएका उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन्। हिन्दु धर्मको संरक्षण र संवर्द्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरूलाई यो अवार्ड प्रदान गरिएको हो। अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरू एसएस अग्रवाल र निता अम्बानी,…
धनगढी: सुदूरपश्चिम निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न बनेको विधेयक र नियमावली पारित भएपछि मुख्यमन्त्री कमलबहादुर शाहलगायतलाई सम्मान गरिएको छ। नेपाल निजामती कर्मचारी युनियन प्रदेश समितिले मुख्यमन्त्री शाह, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट र प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेललाई धन्यवाद ज्ञापन गर्दै सम्मान गरेको हो। भदौमा सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित गरेको थियो।