धनगढी: सुदूरपश्चिम निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न बनेको विधेयक र नियमावली पारित भएपछि मुख्यमन्त्री कमलबहादुर शाहलगायतलाई सम्मान गरिएको छ।
नेपाल निजामती कर्मचारी युनियन प्रदेश समितिले मुख्यमन्त्री शाह, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट र प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेललाई धन्यवाद ज्ञापन गर्दै सम्मान गरेको हो।
भदौमा सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित गरेको थियो।
Facebook Comments Box