काठमाडौं – बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन् । तीनदिने भ्रमणका क्रममा आज नेपाल आएका महानिर्देशक गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेअत गरेमा हुन् । अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको समयमा संसारभरिका मानिसको जीवन बचाउनका लागि डब्ल्यूएचओले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद दिए । डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयससले नेपालको संसद्को नेतृत्वकर्ताका रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए ।
काठमाडाैँ- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँट गरेको हो। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए। आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ। लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो। १० कित्ताका दरले आईपीओ बाँडफाँट हुँदा…
काठमाडौं– नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत उपसमिति गठन गरिएका छन् । उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले उपसमितिहरुमा संयोजकसमेत तोकेका छन्। भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति संयोजकमा सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा मीनबहादुर विश्वकर्मा, अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा प्रदीप पौडेल र शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा मदनबहादुर अमात्य संयोजक तोकिएका छन्। यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा उदयशमसेर राणा, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा जितजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा रामहरि खतिवडा संयोजक तोकिएका छन्।
काठमाडाैँ- चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आउने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स नेपाल आउँदैछन् । अमेरिकी सिनेटरको टोलीले शनिबारदेखि नेपालमा राजनीतिक भेटघाट गर्नेछ। यो सिनेटरको टोली नेपालसँगै पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो। रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किएको बताइएको छ। भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन्। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सिनेटरको टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम छ। नेपालले युक्रेनमाथि…
हेटौंडा – हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे । संयोगले कम्युनिष्ट पार्टी स्थापनाकै दिन दिवंगत नेताहरूको शालिक तोडफोड भएको छ । बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए । मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले…
काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रवारदेखि शुरु भएको छ । परीक्षामा मुलुकभर २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना विद्यार्थीले सहभागिता जनाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४५४ ले परीक्षा दिंदै छन् । ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन । यसपालि चाहीँ बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले परीक्षा केन्द्रबाट परीक्षा दिंदै छन् । २९९ ओटा प्राविधिक विद्यालयका १४ हजार ५६४ जना विद्यार्थी पनि सामेल हुँदै छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको…
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
दार्चुला- नेपाली सेनाले जिम्मा पाएको दार्चुला–तिंकर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्वभमेन्ट) हेलिकप्टरमार्फत ओसार्न थालिएको छ । बुधबार दार्चुला आएको नेपाली सेनाको ‘एमआई सेभेन्टिन हेलिकप्टर’ले ब्याँस गाउँपालिकाको सुन्सेराबाट वडा नम्बर २ दुम्लिङमा मेसिनहरु सारिरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार मेसिनहरु लैजान सडक नभएपछि हेलिकप्टरले सडक निर्माणमा प्रयोग हुने मेसिनहरु स्काई भेटर, ब्याकोलोडर, कम्प्रेसरका पार्टहरु ओसारिरहेको छ । मेसिनका स–साना पार्टहरु भित्र राखेर ओसारिरहेको छ भने ठूला पार्टहरु झुण्ड्याएर सार्ने जनाइएको छ । यसैबीच नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ्ग, विकास निर्माण कार्यदल २ गण दार्चुलाका गणपति…
काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डा अनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ । उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पाएको छ ।