काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : बिहीबार साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ। हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले जानकारी दिए। गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ। हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमासमेत धेरै क्षति पुगेको छ। यस्तै वर्षासँगै आएको हावाहुरीले पर्सामा एक जना वृद्धको मृत्यु भएको छ। पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका सूचना…
काठमाडौं : तराई मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण त्यहाँको जनजीवज प्रभावित बनेको छ । अझैं केहि दिन गर्मी यस्तै रहने मौसमविदले बताएका छन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमाको तापक्रम आज ४४ डिग्रीभन्दा माथि पुगेको छ । सबैभन्दा धेरै गर्मी लुम्बिनीमा हुने मौसमविद्को भनाइ छ । काठमाठौं उपत्यकामा पनि गर्मी धेरै महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
धनगढी : कैलालीमा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ सम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए । धनगढी उपमहानगरपालिकासँगै अन्य पालिकाले पनि बिदा दिएका छन् । गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र लम्की चुहा नगरपालिकाले गर्मी बिदा दिएका…
बझाङ : यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका-५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो। बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगा पुगेका बोहरा एक्कासी हिउँमा चिप्लेको स्थानीय दिपेश दमाईले जानकारी दिए। उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलनका लागि निस्केका थिए। बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेको छ।
दार्चुला : दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको हो । कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द रहेको छ । चीनको तिब्बत (बुराङकाउन्टी)का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग आज भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट) बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
दाङ : दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए…
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन त्यहाँ जान लागेका हुन् । यस्तै बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका जारी नेकपा एमाले नगर कमिटिको दोस्रो अधिवेशनमा रमेश बस्नेत अध्यक्ष पदका उम्मेदवार बनेका छन्। रमेश बस्नेत, जो घोडाघोडी नगरपालिका वडा नम्बर १ पिपलडाडामा स्थायी बसोबास गर्दै आएका छन्, लामो समयदेखि राजनीति क्षेत्रमा सक्रिय रहँदै आएका छन्। राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यको भूमिकामा रहेका बस्नेतले यसअघि पनि विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रियता देखाउँदै आएका थिए। बस्नेतले आफ्नो शैक्षिक यात्रा स्नातकोत्तर तहसम्म पुरा गरेका छन्। उनले नगर कमिटिको अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गर्दै सबै नागरिकका दुःख र अन्यायलाई न्यायमा परिवर्तन गर्न प्रतिबद्ध रहेको बताए। उनको उम्मेदवारीले स्थानिय तहमा सर्वहाराका नेताको रुपमा परिचित बस्नेतले आफ्नो…
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित श्रृजना होटलमा यौनधन्दा संचालन भइरहेको अवस्थामा प्रहरीले होटल मालिक सहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा अत्तरियामा रहेका विभिन्न होटेलहरुमा अनैतिक क्रियाकलाप भइरहेको सूचना प्राप्त भएपछि, इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले बिहीबार साँझ छापा मारेको थियो। छापा मार्ने क्रममा श्रृजना होटलमा अनैतिक क्रियाकलाप भइरहेको अवस्थामा होटल सञ्चालक एक तेस्रो लिङ्गी र एक पुरुष गरी जम्मा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले यस घटनाको गहन अनुसन्धान गरिरहेको जानकारी दिएको छ। पक्राउ परेकाहरुलाई कानुनी प्रक्रिया पुर्याएर कारबाही गरिने प्रहरी…