Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा ६८ हजार बढीको काठसहित एकजना पक्राउ परेका छन्। जिल्लाको गोदावारी नगरपालिका–३ चौकीडाँडास्थित चुट्की बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ ख १३५० नम्बरको मिनी ट्रकलाई शंका लागी चेकजाँच गरिएको थियो। सो क्रममा ६८ हजार चार सय ६२ मूल्यको सालको चार थान गोलिया बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ। काठसहितको ट्रक र ट्रक चालक चुरे गाउँपालिका–६ बस्ने २७ वर्षीय भक्तबहादुर थापालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धनगढी बुझाइएको छ।

Read More

डडेल्धुराः डडेल्धुरा मेडिकल कलेजमा अब बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन हुने भएको छ। चिकित्सा शिक्षा आयोगले भदौमै सिट निर्धारण गरेकोमा अहिले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि भर्ना खोलेको हो। ‘चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तर्फको पहिलो चरणमा म्याचिङ भई आएका विद्यार्थीका लागि भर्ना सम्बन्धि सूचना जारी गरेको थियो,’ सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले भने, ‘सोहीअनुसार डडेल्धुरामा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, बिएस्सी नर्सिङ र पब्लिक हेल्थमा भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई भर्ना गर्नका लागि स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले सूचना जारी गरेको छ।’ उनक अनुसार बिएस्सी नर्सिङका…

Read More

अछामः अछाममा तीन जना जुवाडे पक्राउ परेका छन्। आज बिहान मंगलसैन नगरपालिका– ५ मंगलसैन बजारस्थित दिपेन्द्र शाहीको घरमा जुवा खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको हो। ३६ वर्षीय प्रकाश भाटसहित तीन जनालाई १६ हजार चार सय ३० रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।

Read More

धनगढीः कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। कैलाली प्रहरीले शुक्रबार विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भजनी नगरपालिका–५ लालबोजीबाट वडा नम्बर २ रजबारा बस्ने २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुशल गिरीलाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट १.७४० ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै, अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ १ त्रिवेणीघाटबाट वडा नम्बर २ बैयाबेहडी बस्ने १८ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ। उनको साथबाट स्पास नामक १६ ट्यावलेट फेला परेको छ। यस्तै, इलाका प्रहरी कार्यालय…

Read More

बैतडीः बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको जिल्लाको हरिचन–रौलेश्वर ग्रामिण कृषि सडक अन्तरगत पर्ने पाटन नगरपालिका–९को धारापनी खोलामा शुक्रबार सुदूरपश्चिम प्रदेश ०१००२ त ५५९१ नम्बरको ट्याक्टर दुर्घटना प्रहरीले जनाएको छ। दुर्घटनामा परी सुर्नया गाउँपालिका ६ का ट्याक्टर चालक अन्दाजी ३० वर्षीय गोविन्द कुवँर सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि डडेल्धुरा लगिएको छ। ट्याक्टरमा चालक मात्रै रहेको बुझिएको छ। पाटन नगरपालिका–९को धारापानी गाउँमा मलामीहरुलाई घर पुर्याएर खोड्पेतर्फ आउने क्रममा दुर्घटनामा परेको बताइएको छ। ट्याक्टर सडकबाट करिब २५ मिटर तल परेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

Read More

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–४ दिउनामा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको छ। दिउनाकी ६५ बर्षिया हिरादेवीको बिष्टको शुक्रबार बिहान खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो। दोगडाकेदार गाउँपालिका–४ का वडाकाध्यक्ष तर्कराज भट्टका अनुसार बिष्टको बिहान १० बजेतिर स्थानीय उच्चाइनी भन्ने भिरबाट लडेर मृत्यु भएको हो। भिरबाट लडेर करिब दुई सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको उनले बताए।

Read More

धनगढी: धनगढीमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ। नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा सामाजिक विकास मन्त्रालयको सभाहलमा बैठक सम्पन्न भएको हो। प्रदेश आयुक्त नरेन्द्र थापाका अनुसार नेपाल स्काउट नियमावली २०७७ संशोधन २०८० को परिच्छेद-५ को दफा ९ बमोजिम नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्काउट परिषदको प्रथम बैठक आज सम्पन्न भएको हो। जसमा सामाजिक विकास मन्त्री तथा प्रदेश प्रमुख स्काउट मेघराज खड्काको अध्यक्षता थियो। यस्तै बैठकबाट नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाको उपाध्यक्षतामा प्रदेश स्काउट परिषद् गठन सम्पन्न भएको छ। उक्त प्रदेश परिषद् बैठकमा सामाजिक मन्त्रालयका उपसचिव गणेश सिह, सामाजिक मन्त्रालयका निजी स्वकीय सचिव झपट ढुङ्गाना, निजि सचिव…

Read More

धनगढी: धनगढीमा एक लाख बढीको पटाकासहित एकजना समातिएका छन्। शुक्रवार धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउस्थित क्षेत्रबाट उनी समातिएका हुन्। समातिनेमा धनगढी उपमहानगरपालिका २ सन्तोषीटोल बस्ने वर्ष ४१ को मिनबहादुर बुच्चा मगर रहेका छन्। उनले चलाएको सुपप्र ०१-००१ ज १४८२ नम्बरको कारलाई शंका लागि प्रहरीले चेकजाँच गर्दा उक्त कारभित्र अन्दाजी पटाका फेला परेका थिए। त्यसपछि कैलाली प्रहरीको टोलीले १ लाख ४हजार ३४० बराबरको ३ कट्टा पटाका बरामद गरिएको जनाएको छ। यस्तै कार र मगरलाई पनि नियन्त्रणमा लिएर मानिसलाई बिष्फोटक पदार्थ ऐन अनुसार मुद्दा दर्ता गराई जिल्ला अदालत कैलालीबाट दिन ७ (सात) को म्याद थप गरिएको छ।

Read More

धनगढी: सरकारले दार्चुलास्थित सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ। ८ गतेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला खारेज गर्ने निर्णय भएको जनाएको छ। साथै, त्यहीँ अब अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने पनि निर्णय गरिएको छ। यस अगाडि गृहमन्त्री रमेश लेखकले दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको बताएका थिए। जसअनुसार दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको जनाएको छ। सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनमा सो कार्यालयले मदत गर्ने विश्वास लिइएको छ। जहाँ…

Read More

धनगढी: सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओ पठाइएका छन्। शुक्रवार गृहमन्त्रालयले २ जिल्लामा नयाँ सिडिओ पठाएको हो। जसमा जिल्ला प्रशासन कार्यालय बैतडी र डोटी रहेका छन्। अहिले डोटीमा कार्यरत गोपाल प्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ भने अर्का मोहनराज जोशीलाई डोटी सरुवा गरि पठाइएको छ। उनी इलाका प्रशासन कार्यालय बुटवलमा कार्यरत थिए। यस्तै उता दिर्घराज उपाध्यायलाई गृहमन्त्रालयबाट बैतडी पठाइएको छ। बैतडीबाट सिडिओ भीमकान्त शर्मालाईडोटी सरुवा गरेकोमा कामकाज भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गर्ने गरि खटाइएको छ। उनीहरूसहित मन्त्रालयले आज १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको थियो।

Read More