Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय यसमा समेटिने गर्छ । PolicyProgram-2081-082Download

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुन सकेन । दिनभरिको सुनुवाइपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीशद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

Read More

काठमाडौं : सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । उनले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने बताए। राष्ट्रपति पौडेलले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण, बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोत, साधन सम्पन्न तुल्याइ आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने पनि बताए । त्यस्तै कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रबन्ध गरिने पनि उनले बताए । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सुदृढ बनाइ सीमापार…

Read More

धनगढी: सुदूरपश्चिममा सशस्त्र प्रहरी बल नेपालका नयाँ डीआइजी आएका छन्। हालै सरुवा भएका नयाँ डीआइजी दिपक अधिकारी सुदूरपश्चिम आइपुगेका हुन्। उनी दरबन्दी एवं आज (मंगलबार) सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनी अत्तरिया, कैलालीमा हाजिर भएको बताइएको छ। उनको बाहिनी लगायतका स्थानमा स्वागत कार्यक्रम जारी छन्। यस्तै यहाँबाट सरुवा भई गएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको विदाई पनि गरिएको छ। आजमात्रै नेपाल प्रहरीको प्रदेशस्थित धनगढीको मुख्यालयमा प्रहरीका डीआइजी, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी लगायतले उनीहरूको स्वागत र विदाई गरेका थिए। नयाँ डीआइजी अधिकारीले भने भोलि कार्यभार सम्हाल्ने जनाइएको छ। यस अगाडि सशस्त्र प्रहरी बल नेपालका सुदूरपश्चिम प्रदेशका…

Read More

काठमाडौं : सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सक्षम बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखन तथा बलात्कार, छुवाछुत, लागूपदार्थ दुर्व्यसनी, दाइजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने बताए । बोक्सी, दाइजो प्रथालगायत कुरीति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले महिलाहरूमाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता…

Read More

धनगढी : अछाममा साईबर अपराधमा संलग्न एक किशोर पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट जथाभावी अश्लिल शब्द प्रयोग गरि गाली गर्ने, जिस्क्याउने लगाएत कार्य गर्ने १८ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ । सोमवार पक्राउ गरिएको ती किशोर माथी ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउदले बताए ।

Read More

धनगढी : डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका-७ लाटामान्डौमा रहेको छेडागाडमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर रोल्पाको मध्यपश्चिम नगरपालिका-३ खुमेल घर भएका ३६ वर्षीय दिपेन्द्र घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक घर्तिमगर हिमाल रोजीन खोटो कम्पनिमा खोटो संकलन कार्यका लागि डोटी पुगेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाकारी दिएको छ।

Read More

धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलले जनाएको छ । प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए । मुख्यमन्त्री सोडारीले पर्सि जेठ ३ गते बिहान सवा १० बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस उत्तरार्द्धमा छ । सन्दीपको पक्षबाट पाँचजनाले बहस सकेका छन् । सुरूमा दुई सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि सन्दीपको तर्फबाट बहस सुरू भयो । वरिष्ठ अधिवक्ताहरू मुरारी सापकोटा, कृष्ण सापकोटा र शम्भु थापापछि अहिले रामनारायण बिडारी र रमण श्रेष्ठले पनि बहस सकेका छन् । श्रेष्ठ र बिडारीले जिल्ला अदालतले गरेको फैसलामा प्रशस्त प्रश्न उठाए । प्रमाणविना अदालतले फैसला सुनाएको भन्दै उनीहरूले त्यसलाई सच्याएर सन्दीपलाई सफाइ दिन माग राखे । उनीहरूले बहस गरिरहँदा पनि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले कुनै प्रश्न गरेनन् । श्रेष्ठ र बिडारीपछि गौशाला २६ का…

Read More

काठमाडौं : सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने उनले बताए । सरकारले घोषणा गर्दै आएको भू-उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिंचाइ परियोजना निर्माणमा पनि जोड दिइएको छ । सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा…

Read More