काठमाडौँ : आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक १२: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौंः आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छन्। प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ। व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ। ‘विद्युतीय माध्यममा गैरकानुनी कुरा प्रकाशन गर्ने’ शीर्षकको यो दफामा विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता अनि शिष्टाचारविरुद्धका, कसैप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्रीहरू प्रकाशन–प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै…
काठमाडौँ : सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतकै फैसला सदर हुने निर्णय सुनाएको छ। सावित्रीलाई विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले ०६९ मंसिर १२ गते भ्रष्टाचारमा दोषी ठहर गरेको थियो। विशेष अदालतले पूर्वसहसचिव राजभण्डारीलाई भ्रष्टाचारी ठहर गर्दै १ वर्ष कैद सजाय सुनाएको थियो। साथै २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ बिगो र त्यति नै जरिवाना असुल हुने फैसला विशेषले गरेको थियो। २०२२ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राजभण्डारी अवकाश पाउने समयमा भौतिक योजना तथा…
काठमाडौं : दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आत्मसमर्पण गरेका छन् । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि आइतबार दिल्लीको तिहाड जेल पुगेर उनले आत्मसमर्पण गरेका हुन् । ‘चुनाव लोकतन्त्रको जग हो। लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो। अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गर्नु भएको छ,’ दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भनिन् । दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।
काठमाडौं: नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी नायव महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा समेत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए।
धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित एक क्यासिनोबाट जितेर लगेको रकम भारतीय प्रहरीले जफत गरेको छ। हिजो (शनिबार) बेलुका महेन्द्रनगरबाट गएका २ जनालाई रकमसहित समातेको हो। भारतीय प्रहरीले ६४ हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ। प्रहरीले नाका नजिकैको क्षेत्रमा बाजपुर उधम सिंह नगर नं २ का रुपेश कुमार जिन्दलका छोरा अशोक कुमार जिन्दल र विपिन कुमारका छोरा हंसराजबाट उक्त रकम जफत गरेको जनाएको छ। महेन्द्रनगरमा ओपेरा र डायमण्ड होटलको गरी २ क्यासिनो छन्।
काठमाडौं : सिक्किमको राज्यस्तरीय चुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को शानदार विजय भएको छ । भारतीय अखबार हिन्दूका अनुसार ३२ सीट भएको सिक्किमको विधानसभामा प्रेमसिंह तामाङ गोलेको दल एक्लैले ३१ सीट ल्याएको छ । सिक्किममात्रै होइन भारतभरका राज्यहरुमा सबैभन्दा लामो समय २५ वर्ष मुख्यमन्त्री भएका पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)को पार्टीले भने एक सीटमात्रै जितेको छ । सन् २०१९ को चुनावमा १७ सीट ल्याएर सामान्य बहुमत ल्याएको गोलेको दल एसकेएमले यो चुनावमा भव्य जनमत पाएर सत्ता जोगाएको छ । पवन चाम्लिङको दल एक सीट भएको प्रतिपक्षीको रुपमा अहिलेसम्मकै सबैभन्दा सानो आकारमा आएको छ । सन् २०२३ नोभेम्बरमा चर्चित सिक्किमे…
धनगढी : नेपाल सशस्त्र प्रहरी विद्यालय झलारीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) प्रेमबहादुर रावल सम्मानित भएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले एसपी रावललाई कदर पत्र र खादा लगाएर सम्मान गरेका हुन्। आईतबार कर्मचारी मिलन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा उनलाई जिल्लाकै लागि उच्च र प्रशंसनीय काम गरेको उच्च मुल्याङकन गर्दै सम्मानित गरेको हो। रावलले एक वर्ष शैलेश्वरी गणमा नियुक्त रहि विपद् व्यवस्थापन, सिमा स्तम्भ रङरोगन तथा मर्मत सम्भार लगाएतका कार्यमा विषेश योगदान पुर्याएका थिए।
काठमाडौं : नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बंगलादेशको ढाकामा आइतबार सम्पन्न निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा नेपालले केन्याविरुद्ध अतिरिक्त पाँच रेडमा ९-५ को जित निकाल्यो । निर्धारित समयमा दुवै टोलीको ५०-५० अंक भएपछि खेलको निर्णय अतिरिक्त पाँच रेडबाट लिइएको हो । नेपालले पहिलो पटक फइनलमा स्थान बनायो । नेपालले उपाधिका लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ ।
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ। प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषयमा नीति तथा कार्यक्रममा समावेश गरिएको हो। शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको…