Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ । १६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल,  युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा  आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ |   गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-१ आनन्दपुरका दुई किशोर बेपत्ता भएका छन । सालिभान बोहराका कान्छा छोरा १७ वर्षका सुरज बोहरा र सोहि ठाउँ बस्ने धौले बोहराका १६ वर्षका जेठा छोरा पुष्कर बोहरा बेपत्ता भएका हुन । बेपत्ता किशोर यहि बैसाख ११ गते मंगलबार साँझ करिब ६ बजेतिर घरमा कोहि नभएको मौका पारेर घरबाट बेपत्ता भएका र खोजिकार्य गर्दा कहिँ कतै पनि नभेटिएको आफन्तले जानकारी दिए । बेपत्ता बालकलाई कोहिकसैले देखे भेटेमा नजिकैको प्रहरी कार्यलय वा ९७४९८०३६७८ मा सम्पर्क गरिदिन घरपरिवारले आग्रह गरेका छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह तर्फका उनीहरु प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् । प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ । साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । https://drive.google.com/file/d/18bYSzHgV5OGWB5VZTdHJn8HdWMZy8hNw/view

Read More

धनगढी : बझाङमा भोली हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनको बिषयलाई लिएर एकिकृत समाजवादी दुई धारमा विभाजित भएको छ । समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको हो । वैशाख १५ (भोली) हुने उपनिर्वाचनमा एकपक्षले एमालेलाई सहयोग गर्ने आन्तरिक सहमति गरेको छ भने अर्को पक्ष त्यसको विरुद्धमा देखीएको छ । स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी पक्षले एमालेलाई मतदान गर्ने सहमति गरेको छ । निर्वाचनमा मत विभाजन हुदाँ एमाले समाजवादी दुवैले हार्ने र तेस्रो पक्षले जित्ने आकलन गरेपछि जोशी पक्षले एमालेलाई सर्मथन गर्ने सहमति गरेको स्रोतको दाबि छ । बझाङको उपनिर्वाचन सुदूरपश्चिम प्रदेश…

Read More

काठमाडौं : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो ।​​ संरक्षक चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो । तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्‍यो । आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश…

Read More

धनगढी : नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि बझाङले ऐन महरले भ्रम फैलाएको भन्दै विज्ञप्ती जारी गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य महरले सामाजिक सञ्जालमा बझाङमा एकिकृत समाजवादीलाई धन्यवाद ! सहमति सहकार्य र एकता ! भन्दै पोस्ट गरेपछि समाजवादीले विज्ञप्ती जारी गरेको हो । जिल्ला कमिटि सचिव लक्ष्मीप्रसाद जोशीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । महरले समाजवादी जित सुनिश्चित देखेपछि हडबडाएर मतदातालाई भ्रमित बनाउन सामाजिक सञ्जालमा लेखीएको स्टाटस झुट्टा र गलत भएको कारण हाम्रो पार्टी खण्डनका साथै घोर भत्र्सना गर्दछौ । साथै आफ्ना कार्यकर्ताहरुलाई चुनावी मैदानमा डटिरहन् समेत निर्देशन दिएको छ ।

Read More

धनगढी : निर्वाचन आयोगले उपनिर्वाचनमा मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघिका निर्वाचनमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास जारी भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइन्थ्यो । तर, यसपटक भने मतदाताको सुविधाका लागि मतदाता ओसारपसार नगर्नेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको छ । आयोगले मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । त्यो समेतका आधारमा मतदानको दिन सवारीसाधन सञ्चालन गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइने जनाइएको छ । आयोगका अनुसार उपनिर्वाचनको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको…

Read More

धनगढी : डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित प्रहरीले काठमाडौंबाट सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको न्युरोडबाट करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित सात जनालाई पक्राउ गरेको हो । असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–२४ असनस्थित एक घरमा छापा हानेको थियो । घरमा छापा हानेपछि सुन र नगदसहित दार्चुलाको महाकाली नगरपालिकाका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापाको विर्तामोड नगरपालिका–३ का दिनेश खरेल र भरतराज खरेल पक्राउ परेका छन् । त्यस्तै भारतीय नागरिक ३७ वर्षीय अमल विभूति,…

Read More

धनगढी : दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन् । जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ का २० वर्षीय विजय निरौलाले हँसिया प्रहार गरेका हुन् । बिहिवार राति ९ बजेको समयमा खलंगास्थितको प्रेमसिंह शालिक नजिक एक आपसमा विवाद हुँदा निरौलाले भण्डारीको गर्धनमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनापछि निरौला फरार भएका थिए । तर, शुक्रवार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । हँसिया प्रहारबाट भण्डारीको गर्धनमा चोट लागेको छ । घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि भारत लगिएको छ ।

Read More