काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : सुदूरपश्चिममा कार्यरत ११ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । उनीहरुलाई अभिलेख किताबमा जनाईने गरि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । कर्तव्यनित तवरले आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै पुस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जन, प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाह, प्रहरी निरीक्षक कुशुम नायक, प्रहरी वरिष्ठ नायव निरीक्षक चंखबहादुर कठायत, प्रहरी सहायक निरीक्षक बुखबहादुर रावल, प्रहरी हवल्दार मानबहादुर बोहरा, प्रहरी हवल्दार तिरेशचन्द्र खडका, प्रहरी सहायक हवल्दार अशोककुमार अधिकारी, प्रहरी सहायक हवल्दार दिनेश प्रसाद जोशी, र कार्यालय सहयोगी शंकर भट्ट रहेका छन् ।
कैलाली : कैलालीको त्रिनगर प्रहरी चौकी र कालाकुण्डका इन्चार्ज फेरिएका छन् । प्रहरी नायब निरीक्षक भरतनाथ योगी त्रिनगर प्रहरी चौकीको इन्चार्ज बनेका छन् । पहिले त्यहाँ कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक(सई) रमेश खड्काको सरुवा भएको छ । यस्तै वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) चंख कडायतलाई प्रहरी चौकी कालाकुण्डाको इन्चार्ज बनाइएको छ । उनीहरुलाई नियमित सरुवा अन्तर्गत त्यहाँ पठाइएको बताइएको छ ।
काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको पुनः वितरण सुरू गरेका छन्। सिंहदरबारस्थित आफ्नो कार्यलय परिसरमा परम्परागत शैलीमा बनाइएकोजस्तो देखिने धारा खोलेर मेलम्ची खानेपानीको पुनःवितरण सुरू गरेका हुन्। उद्घाटना गर्दै प्रधानमन्त्री दाहाल ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए। ‘मलाइ गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिएँ,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद,अब वितरणको काम दिगो हुने छ,१२ महिना ल्याउन यहाँबाट सम्बन्धित निकायलाई निर्देशन पनि दिन्छु’, उनले भने।
मुगु : मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले छायाँनाथ रारा नगरपालिका-५, कार्कीवाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ का २२ वर्षीय वसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ ।बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी…
कैलाली : कैलालीको गोदावरी धाममा आजदेखि कुम्भमेला लागेको छ। गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा लाग्ने मेला आजदेखि सुरु भएको हो। आइतबार मकर संक्रान्तिका अवसरमा बाह्रराशी दर्शन मकर मेलाको सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका थिए। मकर संक्रान्तिको अवसरमा गोदावरीधाममा दर्शनार्थीको घुँइचो लागेको छ। दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजा पाठ यज्ञ अनुष्ठान, विवाह व्रतबन्ध, पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु गर्ने गर्छन्। धार्मिक परम्परा अनुसार माघको पहिलो दिन नजिकको तलाउ कुण्ड मा गएर स्नान गर्ने प्रचलन रहेको छ। गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागि स्नान कुण्डसहित अन्य धार्मिक संरचनाहरु बनाइएको छ। गोदावरी धाममा रातिदेखि नै स्नान तथा दर्शन…
कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-५ बनदेबीबाट ०.४९ ग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश सुनार र २४ वर्षीय राजु शार्कीसहित ३ जना आइतबार राति पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालयगुलरियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
दार्चुला: दार्चुलामा ३२ वर्षीय एक पुरुष मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका शेरबहादुर बडाल मृत फेला परेका हुन्। बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएपछि वनका अध्यक्षसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीस्थित गडबिजला सामुदायिक वनमा सालका काचा रुख अवैध रुपमा कटानी भएपछि वनका अध्यक्ष धनीराम चौधरी पक्राउ परेका हुन्। रुख कटानीमा संलग्न रहेको भन्दै अध्यक्ष धनीराम र नारायण चौधरीलाई शनिबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताएका छन्। वनभित्र काटिएका रुख डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।
डडेल्धुरा : परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा सोमबार राति भव्य मेला लागेको छ। चार धाममध्येको एक परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ। परशुरामधाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गर्दा बनेको जनविश्वास छ। भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिएको पुराणमा उल्लेख छ। यहाँ पुस मसान्तको रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन्। त्यसो गर्नाले धर्म कमाइने विश्वास छ। माघे संक्रान्तिको बिहानै महाकाली किनारमा भक्तजनहरू नुहाउने गर्दछन्। माघे संक्रान्तिको दिन स्नान गरे पाप मोचन भई पूण्य कमाइने विश्वास छ। परशुरामधाममा लाग्ने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आएको परशुराम…