कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएपछि वनका अध्यक्षसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीस्थित गडबिजला सामुदायिक वनमा सालका काचा रुख अवैध रुपमा कटानी भएपछि वनका अध्यक्ष धनीराम चौधरी पक्राउ परेका हुन्।
रुख कटानीमा संलग्न रहेको भन्दै अध्यक्ष धनीराम र नारायण चौधरीलाई शनिबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताएका छन्।
वनभित्र काटिएका रुख डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box