काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको पुनः वितरण सुरू गरेका छन्।
सिंहदरबारस्थित आफ्नो कार्यलय परिसरमा परम्परागत शैलीमा बनाइएकोजस्तो देखिने धारा खोलेर मेलम्ची खानेपानीको पुनःवितरण सुरू गरेका हुन्।
उद्घाटना गर्दै प्रधानमन्त्री दाहाल ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए। ‘मलाइ गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिएँ,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद,अब वितरणको काम दिगो हुने छ,१२ महिना ल्याउन यहाँबाट सम्बन्धित निकायलाई निर्देशन पनि दिन्छु’, उनले भने।
Facebook Comments Box