Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि बुधबार सुन तोलामा १ लाख ४० हजार ५०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

सुर्खेत : वीरेन्द्रनगरमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेका छन् । प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले उनलाई ठक्कर दिएको थियो । शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं : ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् । प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ पशुपती टोलबाट बैतडीको दोगडाकेदार गाउँपालिका-२ बस्ने ३६ वर्षीय नरबहादुर बिष्ट ९३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरीया नहर रोडबाट सोही ठाउँ बस्ने ३० वर्षीय हर्कबहादुर देउवा बुुधवार पक्राउ परेका हुुन्। देउवाको साथबाट ३८० मिलिग्राम र उनकै घरमा खानतलासि गर्दा ४.५४० ग्राम लागूऔषध (खैरो हेरोईन) तथा नगद २५ हजार ४१० रुपैँयासहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

काठमाडौं : सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । मंगलबार सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटाउन बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो । रवि लामिछानेको नाम उल्लेख गरेरै टीओआर बनाउन सत्ता पक्षका सदस्यसमेत रहेका रास्वपा लचक भएको थियो ।व्यक्तिको नाम किटान गरेर जाँदा गलत नजिर स्थापित हुने भन्दै त्यसमा सत्ता पक्ष तयार नरहेकाले छलफल नटुंगिएको कानूनमन्त्री पदम गिरीले बताएका थिए । कानूनमन्त्री गिरीले कांग्रेस लचक बनेको भन्दै आज बैठकमा सहमति जुट्ने बताइएका छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर…

Read More

काठमाडौँ : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।  सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।  बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा…

Read More

धनगढी : बझाङको जयपृथ्वी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। नगर प्रमुख चेतराज बजालले पालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्। पालिका खोप समन्वय समितिका संयोजक रहेका बजालले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताए । राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नैन बहादुर सिंहले बताए । कार्यपत्र प्रस्तुत गर्दै सिंहले पालिकामा १५ महिनाका ३ सय ९० बालबालिका र १६ महिनादेखि ५९ महिना सम्मका १ हजार १ सय ८९…

Read More

काठमाडौँ : जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति रोमानियाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–९ बस्ने २४ वर्षीय गौरब नेपाली रहेका छन् । एनसीबी बुचरेस्टको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ। गौरव भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो। उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ।

Read More

काठमाडौं : सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले जेठ १३ गते अपराह्न २ बजे भृकुटीमण्डपमा बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन कांग्रेसले भ्रातृ संगठन र सिंगो पार्टी पंक्तिलाई आह्वानसमेत गरेको छ । सरकारले संसदीय प्रक्रियालाई मिचेर गलत ढंगले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको बिरोध र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न बिरोध प्रदर्शन गर्न लागेको प्रवक्ता…

Read More

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नेकपा एमालेका नेता भीम रावलले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री र अरुका लागि फरक–फरक कानुन रहेको भन्दै प्रश्न गरेका छन् ।  रावलले भनेका छन्, ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुई वटा नागरिकता र राहदानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुई वटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ! के मन्त्री र अरुका लागि फरक फरक कानुन छ ?’ उक्त कार्य कानूनी राज्यको उपहास भएको उल्लेख गर्दै उनले सिरोहियालाई आफुविरुद्ध समाचार लेखेकै निहुँमा प्रतिशोध साँध्न गृहमन्त्री लामिछानले…

Read More