Author: महेन्द्रनगर पोष्ट

धनगढी : श्रीमानको बन्चरो प्रहारबाट डडेल्धुरामा एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका हुन्। मंगलबार श्रीमान्–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा कर्णबहादुरले आफ्नै श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडाध्यक्ष प्रमोदबहादुर मल्लले जानकारी दिए। घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएको छ । अहिले उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताए।

Read More

कैलालीः बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ। भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो। वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए। उनले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए। नगरपालिकाले गत वर्ष वडा नं ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो। बर्सेनि अन्य सङ्घसंस्थाको साझेदारीमा नगरपालिकाले…

Read More

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका ४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका स्थानीय रमेश पहरीको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। स्थानीय शंकर पहरीको मंगलबार मृत्यु भएको थियो। वनमा फैलिएको डढेलो अझै पनि नियन्त्रणमा आइनसकेको सुवेदीले बताए। तर वस्तीमा फैलिने जोमिख भने टरेको छ। ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा केहिदिनदेखि लागेको डढेलो आनन्द वनमा समेत फैलिँदा कुष्ठरोग अस्पतालामा रहेका बिरामीलाई सुरक्षित ठाउँमा सारिएको थियो।

Read More

महेन्द्रनगर : कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढंगले ल्याइएका ८८ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ७७ लाख ५१ हजार ३४६ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ। दुई महिनाको अवधिमा भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजार बराबरको किराना सामान, १६ लाख ५२ हजारको कपडा, १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र २० लाख ६३ हजारको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो । त्यसैगरी भारतबाट ल्याइएका चार सय किलोग्राम कुखुरा…

Read More

 काठमाडौं :  नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाएको छ । हवाई इन्धनको भने आन्तरिकतर्फ प्रतिलिटर एक र अन्तरराष्ट्रियतर्फ ७ अमेरिकी डलर बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य गएराति १ बजेदेखि लागू भएको छ । इण्डियन आयल कर्पोरेशनले हिजो पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ०.२ र २.४५ ले घटाएर तथा हवाई इन्धनको मूल्य प्रतिलिटर १.१८ रुपैयाँले बढाएर पठाएकाले इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले पेट्रोल र एलपीजी ग्यासको भाउ भने यथावत्‌ राखेको छ ।

Read More

काठमाडौं : नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत तेस्रो खेल आज बुधबार खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः१५ बजेबाट शुरू हुने छ।  आइतबार सम्पन्न दोस्रो खेलमा नेपाललाई १० रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी गरेको छ। त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ रोस्टन चेजको कप्तानीमा छ । ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि आयोजित शृंखलाको चौथो खेल बिहीबार र पाँचौ खेल शनिबार हुनेछ । उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

Read More

काठमाडौं :  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बद्र्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताउनुभएको छ। मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गर्नुभयो । सभापति देउवाले विसं २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरूलाई पक्राउ गरेको बताउनुभयो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको…

Read More

काठमाडौं : सरकारले आज सार्बजनिक बिदा दिएको छ ।  मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आएको छ । सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको…

Read More

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा…

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका तर राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी मध्यरातमा विक्षिप्त बनेका छन्। आज मङ्गलबार राति उनले आफू विक्षिप्त बनेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन्। यश अगाडि केही दिन पहिले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पत्नी रञ्जिता श्रेष्ठ र आफ्नोबीचमा रहेका मतभेद समाप्त भएको र आफूहरुको पार्टी र सरकार सञ्चालनबारे सहमति भएको दाबी गर्ने रेशमलाल एकाएक विक्षिप्त भएका हुन्। उनले सो सहमति चार दिनमै भत्केकाे र पारिवारिक एवं सबैखाले सम्बन्ध समाप्त भएको जनाउँदै आफू मध्यरातमा विक्षिप्त बनेको जानकारी दिए। यद्यपि उनले अहिले भने सो जानकारीसहितको स्टाटस लगायत सबै पोस्टहरु हटाइसकेका…

Read More