Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ। नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा सामाजिक विकास मन्त्रालयको सभाहलमा बैठक सम्पन्न भएको हो। प्रदेश आयुक्त नरेन्द्र थापाका अनुसार नेपाल स्काउट नियमावली २०७७ संशोधन २०८० को परिच्छेद-५ को दफा ९ बमोजिम नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्काउट परिषदको प्रथम बैठक आज सम्पन्न भएको हो। जसमा सामाजिक विकास मन्त्री तथा प्रदेश प्रमुख स्काउट मेघराज खड्काको अध्यक्षता थियो। यस्तै बैठकबाट नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाको उपाध्यक्षतामा प्रदेश स्काउट परिषद् गठन सम्पन्न भएको छ। उक्त प्रदेश परिषद् बैठकमा सामाजिक मन्त्रालयका उपसचिव गणेश सिह, सामाजिक मन्त्रालयका निजी स्वकीय सचिव झपट ढुङ्गाना, निजि सचिव…

Read More

धनगढी: धनगढीमा एक लाख बढीको पटाकासहित एकजना समातिएका छन्। शुक्रवार धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउस्थित क्षेत्रबाट उनी समातिएका हुन्। समातिनेमा धनगढी उपमहानगरपालिका २ सन्तोषीटोल बस्ने वर्ष ४१ को मिनबहादुर बुच्चा मगर रहेका छन्। उनले चलाएको सुपप्र ०१-००१ ज १४८२ नम्बरको कारलाई शंका लागि प्रहरीले चेकजाँच गर्दा उक्त कारभित्र अन्दाजी पटाका फेला परेका थिए। त्यसपछि कैलाली प्रहरीको टोलीले १ लाख ४हजार ३४० बराबरको ३ कट्टा पटाका बरामद गरिएको जनाएको छ। यस्तै कार र मगरलाई पनि नियन्त्रणमा लिएर मानिसलाई बिष्फोटक पदार्थ ऐन अनुसार मुद्दा दर्ता गराई जिल्ला अदालत कैलालीबाट दिन ७ (सात) को म्याद थप गरिएको छ।

Read More

धनगढी: सरकारले दार्चुलास्थित सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ। ८ गतेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला खारेज गर्ने निर्णय भएको जनाएको छ। साथै, त्यहीँ अब अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने पनि निर्णय गरिएको छ। यस अगाडि गृहमन्त्री रमेश लेखकले दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको बताएका थिए। जसअनुसार दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको जनाएको छ। सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनमा सो कार्यालयले मदत गर्ने विश्वास लिइएको छ। जहाँ…

Read More

धनगढी: सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओ पठाइएका छन्। शुक्रवार गृहमन्त्रालयले २ जिल्लामा नयाँ सिडिओ पठाएको हो। जसमा जिल्ला प्रशासन कार्यालय बैतडी र डोटी रहेका छन्। अहिले डोटीमा कार्यरत गोपाल प्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ भने अर्का मोहनराज जोशीलाई डोटी सरुवा गरि पठाइएको छ। उनी इलाका प्रशासन कार्यालय बुटवलमा कार्यरत थिए। यस्तै उता दिर्घराज उपाध्यायलाई गृहमन्त्रालयबाट बैतडी पठाइएको छ। बैतडीबाट सिडिओ भीमकान्त शर्मालाईडोटी सरुवा गरेकोमा कामकाज भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गर्ने गरि खटाइएको छ। उनीहरूसहित मन्त्रालयले आज १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको थियो।

Read More

धनगढीः बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन्।  बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी भट्टले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन्। हिमेश्वरीको जन्म २०५८ फागुन १६ गते  बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गिता भट्टको कोखबाट भएको हो।  भट्टले पहिलो प्रयासमै लोक सेवा आयोगले लिएको अधिकृत सातौं तहको परीक्षा पास गरी मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन्।

Read More

लखनउ: भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई नेकपा एमाले सुदूरपश्चिमका सदस्यले भेटेका छन्। एमाले नेता प्रशान्त थापाले योगिलाई भेटेका हुन्। थापाले भेटमा आफूले नाकाको सहजता, नाकाक्षेत्रमा सडक सहज बनाउने विषयमा छलफल गरेको बताए। भेटमा नेपालीलाई सीमामा सहजता दिलाउने कुरामा योगिले आफू सकारात्मक रहेको उनको भनाई छ। यस्तै भेटमा नेता थापाले सीमाका अन्य पनि समस्या पोखेका थिए।

Read More

धनगढी: कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए। लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए। उनीहरू दुबै नास्ता पसल चलाउदै आएका थिए। गाउँको घरभन्दा झण्डै डेढ किलोमीटर टाढा राखेका थिए, उनीहरुले मदिरासहितको नास्ता पसल। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार गर्मी अझै नघटेकोले उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए। डीएसपी जोशीले रमेशको शव आँगनमा भेटिएको र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको बताए। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य  लटपटिएको थियो। दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका…

Read More

काठमाडौं । यतिवेला नेपाल प्रहरीका एसपीद्वय कमल थापा र नवराज कार्कीमाथि गम्भीर छानबिन भइरहेको छ। आर्थिक अनियमितता सम्बन्धी घटनामा उनीहरुमाथि छानबिन भइरहेको हो। अर्का एसपी गोविन्दराज काफ्ले पनि आचरणसम्बन्धी गम्भीर विवादमा परेका छन्। तर, उनीमाथि अझै छानबिन सुरु भएको छैन। उनको कारण सिंगो संगठन नै बदनाम भइरहेको छ। सिन्धुलीको प्रहरी प्रमुखका रूपमा कार्यरत एसपी काफ्ले रातको समयमा एक घरमा गएको देखिन्छ। सादा पोशाकमा रहेका उनी के उदेश्यले गए भन्ने खुल्दैन। सो घरका व्यक्तिहरूले यो घरमा यस्तो हुन्छ भनेर कसले भन्यो भन्दै एसपीलाई केरकार गर्दे भिडियो बनाएका छन्। जसमा महिलासम्बन्धी विषय छ। भिडियोमा एसपी रक्षात्मक देखिन्छन्। सो भिडियो सामाजिक सञ्जालमा भाइरल…

Read More

धनगढी । कञ्चनपुरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ बिनवारीमा ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला बडायक मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु दुवै जना शुक्रबार बिहान मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जाेशीले बडायक दम्पती घरकाे आगनमा मृत फेला परेका हुन् । `दुवै जनाको शरीरमा धारिलाे हतियार प्रहार भएको देखिएकाे छ,´ उनले भने, `म पनि भर्खरै घटनास्थल पुगेको छु । अहिले केही भन्न सकिने अवस्था छैन ।´ डीएसपी जोशीका अनुसार घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त…

Read More

कञ्चनपुरः थारू समुदायमा मुसा सिकार मार्ने गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ। कञ्चनपुरका रामबहादुर चौधरीका अनुसार पहिले मुसाको सिकार गर्न गाउँगाँउबाट हुलकाहुल जाने गर्दथे। चौधरीले भने, “हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके।” थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन्।शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन्। उनी बिल हेरेर नै त्यसमा मुसा भए(नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्। धान भित्र्याएर अहिले…

Read More