Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी अर्जुनप्रसाद तिमल्सिनालाई सरुवा गरेको छ। सिन्धुलीका एसपी बिनोद शर्मा कारबाहीमा परेपछि तिमल्सिनालाई काजमा खटाइएको हो। एसपी शर्मा दुई महिनामै सिन्धुलीबाट कारबाही स्वरूप हटाइएका थिए। आर्थिक अनुशासन कायम राख्न नसकेको आरोपमा कारबाही स्वरुप उनलाई हटाइएको थियो। एसपी तिमल्सिना हाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत छन्।

Read More

जनकपुरधाम : सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् । गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङको घर्राभित्र मृत अवस्थामा छोरा आयुष फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए । गत वैशाख ११ गते दिउँसो…

Read More

काठमाडौं: गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंह चन्दलाई दिइएको छ। शुक्रवार गृहमन्त्रीस्तरीय निर्णयबाट चन्दलाई गण्डकीमा सरुवा गर्दै जिम्मेवारी दिइएको हो। उनी यसभन्दा अगाडि भरतपुरस्थित तालिम शिक्षालयकी प्रमुख थिइन्। गण्डकीको प्रहरी प्रमुखमा रहेका डीआईजी विकासराज खनाल हालै उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो। त्यसपछि त्यहाँ चन्दलाई पठाइएको हो।

Read More

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेन्डामा काम गर्दै आएको छ ।  अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास…

Read More

काठमाडौं: नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा गरिएको छ। आज (शुक्रबार) उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका हुन्। उनीहरूलाई समय नपुग्दै सरुवा गरिएको हो। जसमा काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ। जो विवादित प्रहरी अधिकारी हुन् उनीमाथि धनुषा प्रहरीको प्रमुख (एसपी) हुँदा कारबाही भएको थियो। यस्तै उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन्।प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ।…

Read More

धनगढी: प्रहरीले डेढ किलोभन्दा बढी अवैध सुन र झन्डै डेढ करोड रुपैयाँसहित काठमाडौंबाट सात जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रकम बरामद भएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीय गणेश सतिश बाल्टे, झापाको विर्तामोड नगरपालिका ३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन्।

Read More

पाल्पा : प्रतिनिधिसभा र ७ वटै प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहितको अन्तर व्यवस्थापिका भेला आज देखि पाल्पाको तानसेनमा आयोजना गरिएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुखका साथै सचिवहरु सहभागी हुँदैछन् । भेलामा केन्द्र र प्रदेशलाई केन्द्रित गरेर संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र प्रस्तुत, छलफल र अन्तरक्रिया, अन्तर व्यवस्थापिका कार्यविधि माथि छलफल, अन्तर व्यवस्थापिका मञ्च नेपाल गठन सम्बन्धी कानुन तथा विविध विषयमा छलफल केन्द्रित रहने आयोजक लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए । संघीयतालाई पूर्णरुपमा कार्यान्वयन गर्न र गराउन र यो अन्तर व्यवस्थापिका भेला महत्वपूर्ण हुने आयोजक लुम्बिनी प्रदेशसभाले जनाएको…

Read More

काठमाण्डौ :  कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी भएका छन् ।त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी रहेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा…

Read More

गुल्मी : गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। गएाित दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन्। गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका घर्तीको उपचारको क्रममा मृत्यु भएको डिएसपी पोखरेलले बताए।  घाइते सुर्यवंशीको पाल्पामा उपचार भइरहेको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू…

Read More