Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए। लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए। उनीहरू दुबै नास्ता पसल चलाउदै आएका थिए। गाउँको घरभन्दा झण्डै डेढ किलोमीटर टाढा राखेका थिए, उनीहरुले मदिरासहितको नास्ता पसल। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार गर्मी अझै नघटेकोले उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए। डीएसपी जोशीले रमेशको शव आँगनमा भेटिएको र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको बताए। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य  लटपटिएको थियो। दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका…

Read More

काठमाडौं । यतिवेला नेपाल प्रहरीका एसपीद्वय कमल थापा र नवराज कार्कीमाथि गम्भीर छानबिन भइरहेको छ। आर्थिक अनियमितता सम्बन्धी घटनामा उनीहरुमाथि छानबिन भइरहेको हो। अर्का एसपी गोविन्दराज काफ्ले पनि आचरणसम्बन्धी गम्भीर विवादमा परेका छन्। तर, उनीमाथि अझै छानबिन सुरु भएको छैन। उनको कारण सिंगो संगठन नै बदनाम भइरहेको छ। सिन्धुलीको प्रहरी प्रमुखका रूपमा कार्यरत एसपी काफ्ले रातको समयमा एक घरमा गएको देखिन्छ। सादा पोशाकमा रहेका उनी के उदेश्यले गए भन्ने खुल्दैन। सो घरका व्यक्तिहरूले यो घरमा यस्तो हुन्छ भनेर कसले भन्यो भन्दै एसपीलाई केरकार गर्दे भिडियो बनाएका छन्। जसमा महिलासम्बन्धी विषय छ। भिडियोमा एसपी रक्षात्मक देखिन्छन्। सो भिडियो सामाजिक सञ्जालमा भाइरल…

Read More

धनगढी । कञ्चनपुरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ बिनवारीमा ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला बडायक मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु दुवै जना शुक्रबार बिहान मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जाेशीले बडायक दम्पती घरकाे आगनमा मृत फेला परेका हुन् । `दुवै जनाको शरीरमा धारिलाे हतियार प्रहार भएको देखिएकाे छ,´ उनले भने, `म पनि भर्खरै घटनास्थल पुगेको छु । अहिले केही भन्न सकिने अवस्था छैन ।´ डीएसपी जोशीका अनुसार घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त…

Read More

कञ्चनपुरः थारू समुदायमा मुसा सिकार मार्ने गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ। कञ्चनपुरका रामबहादुर चौधरीका अनुसार पहिले मुसाको सिकार गर्न गाउँगाँउबाट हुलकाहुल जाने गर्दथे। चौधरीले भने, “हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके।” थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन्।शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन्। उनी बिल हेरेर नै त्यसमा मुसा भए(नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्। धान भित्र्याएर अहिले…

Read More

धनगढीः कैलालीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका हुन्। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिक गम्भिर घाइते भएका थिए। घाइते बिकलाई घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा पुगाइएको थियो। उपचारको क्रममा बिहीबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक लम्की चुहा नगरपालिका–४ बलिया बस्ने ३७ वर्षीय राताराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको बिचमा छलफल भएको छ। भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लामा छलफल भएको हो। छलफलमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डे, नम्बर ३५ गण कञ्चनपुरका गणपति खगेन्द्रबहादुर चन्द र भारतीय समकक्षी सीमा सुरक्षा बल एसएसबीका रानीपोखरी प्रमुख अमित कुमार छलफलमा सहभागी थिए। सो छलफलमा दुई सुरक्षा निकायबीचको सम्बन्ध, सूचना आदानप्रदान, सीमा इलाकामा संयुक्त गस्ती, सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप, अवैध रूपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, हातहतियार ओसारपसार, लागुऔषध ओसारपसार तथा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पाँच नम्बर गल्लीबाट भारतीय युपी २२ एडी ७२६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा भारत उत्तर प्रदेश जिल्ला रामपुर ग्राम हाजिर नगर बस्ने २६ वर्षीय रिहान अली र २८ वर्षीय गुफरान अलीलाई प्रहरीले पक्राउ गरेको हो। दुबै जनालाई २८ दश्मलव ३५ ग्राम लागूऔषध ९खैरो हेरोइन०सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने कमला कठायतको गोठमा बिहीवार आगलागी भएको हो। कमला आफैले बालेको आगोबाट गोठ भित्र रहेको परालमा आगलागी हुँदा गोठमा रहेको अन्नपात, काठ लगायतका सामान गरी तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागीबाट एउटा भैँसी र पाडो जलेर घाईते भएको छन्। उक्त आगलागी प्रहरी स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं –१ रीमको आड गाउँमा विद्युत विस्तार भएको छ। स्थानीय युवाहरुको सक्रियता र नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको सहयोगमा गाउँमा बिजुली बलेको स्थानीय समेत रहेका ज्योतिष डिल्लीराज जोशीले बताए। लामो समयपछि गाउँमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयहरु खुसी भएका छन्। नेपाल विद्युत प्राधिकरणको विद्युत विस्तार गर्ने योजना अनुसार आड गाउँमा बिजुली पुगेको हो। गाउँमा विद्युत विस्तार भएपछि अहिले २० घरधुरीमा बिजुली बलेको स्थानीय समेत रहेका अधिवक्ता भिष्म जोशीले बताए। उनले भने ‘गाउँमा लामो समयपछि विद्युत विस्तार भएपछि स्थानीयबासिन्दाहरु खुसी भएका छौं। विद्युत विस्तार भएपछि अन्धकारबाट मुक्त भएका छौं।’ अठोला पञ्चाङ्गको केन्द्रीय कार्यालय समेत रहेको आड…

Read More

काठमाडौं: सुदूरपश्चिममा ड्रग्स सप्लाई गर्ने २ जना डिलर समातिएका छन्। आज (बिहीबार) लागूऔषध नियन्त्रण व्युरो, शाखा कार्यालय महेन्द्रनगरको टोलीले उनीहरूलाई समातेको हो। समातिनेमा जिल्ला राजपुर ग्राम हाजिर नगर उत्तर प्रदेश भारत बस्ने २६ वर्षीय रेहान अहमत र २८ वर्षीय गुफरान अली रहेका छन्। उनीहरूको साथबाट सिनियर सब-इन्सपेक्टर केशव जोशीको टोलीले २८.३५ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनीहरूलाई टोलीले २ मोबाइल र एक मोटरसाइकलसहित भीमदत्त नगरपालिका १८ स्थित इलाकाबाट समातेको थियो। प्रहरीले चेकजाँच गर्ने क्रममा युपी २२ एडी ७२६२ नम्बरको सेतो कलरको अपाची मोटरसाईकल चलाई आईरहेको अवस्थामा गुफरान अलीले लगाएको निलो जिन्स पाईन्टको खल्तीमा ड्रग्स फेला परेको थियो। खल्तीमा सेतो…

Read More