Author: महेन्द्रनगर पोष्ट

धनगढी : एमाले नेता भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गिरफ्तार गर्न माग गरेका छन् । उनले राज्यका सूचना बेच्नु देशद्रोह भएको बताउदै थापालाई तत्काल गिरफ्तार गरि कानुनी कारबाही अगाडि बढाउन माग गरेका हुन । संसदमा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोप गम्भीर भएको बताउदै थापालाई गिरफ्तार नगरे उनी पनि देशद्रोहीका मतियार ठहरिने बताएका छन । यस्तो छ उनको प्रतिक्रिया !राज्यका सूचना बेच्नु देशद्रोह हो।यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्।यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कार्वाई गरियोस्।…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् ।  गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्न दिने भनेपछि अन्य १०१ कम्पनीले त्यसैगरी हजारौं बिगाहा जमिन बेच्न पाउनुपर्ने माग गर्दै निवेदन दिएको उनको दाबी छ । ती कम्पनीलाई हदबन्दीमा छुटको नीतिगत निर्णय गर्दा ५० खर्बसम्मको खेलोफड्को हुने उनको भनाइ छ ।  लेखेका छन्, ‘गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरु एक सय बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट…

Read More

काठमाडौं: सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। सशस्त्र प्रहरीकातर्फबाट सगरमाथा आरोहण गरेर इतिहास रच्न सफल भएका हुन्। उनले सगरमाथामा पुगेसँगै शिखरमा सशस्त्र प्रहरी बलको झण्डा समेत फर्रफराएका थिए। इन्स्पेक्टर पौडेल सशस्त्र प्रहरीको इतिहासमा सबैभन्दा पहिलोपटक सगरमाथा आरोहण गर्न सफल भएको बताइएको छ। पौडेलले सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको जनाइएको छ। उनले सशस्त्र प्रहरी बलका तर्फबाट पहिलोपटक सगरमाथा आरोहणको रेकर्ड बनाएका छन्। पौडेलसहितको टोलीले गत चैत ३० गते सगरमाथा आरोहणका लागि प्रस्थान गरेको थियो। पौडेल सशस्त्र प्रहरी बलको नवौं नम्बर ब्याचका निरीक्षक हुन्। उनीबाहेक सशस्त्रको तर्फबाट कोही पनि आधिकारिक…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत लिन लागेका छन् ।

Read More

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए । उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ भन्दै नारा समेत लगाएको थिए ।

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक सुरु भएको हो।  बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकार पक्षले विपक्षीले भनेजस्तो समिति गठन नगर्ने अडान राखेपछि कांग्रेसले विश्वासको मत लिन नदिने चेतावनी दिँदै आएको छ ।  यस्तो पृष्ठभूमिमा बैठकले साझा धारणा तय गर्ने बताइएको छ । 

Read More

काठमाडौं : हिजो इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपतिको निधन भएको प्रमाणित भएको छ । अलजजिराका अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरमा सँगै सवार अरु व्यक्तिको पनि निधन भएको हो । अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा यो घटना भएको बताइएको छ । उनी अजरबैजानी राष्ट्रपति इलहम अनियेबसँग दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए । राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिरबदोल्लाहाइनको पनि निधन भएको छ । हिजोको हेलिकप्टर दुर्घटना पछि घण्टौं खोजी कार्य भएको थियो । इरानी कानूनअनुसार अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति हुनेछन् ।

Read More

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका नयाँ प्रमुख प्रहरी निरीक्षक गंगा बहादुर सारु कार्यालयमा हाजिर भएका छन् ।यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो ।इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीबाट सरुवा भइ आएका सारु सोमबारदेखि कार्यालयमा हाजिर भएका हुन ।

Read More

काठमाडौं : नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा रहेको पाइएको छ । क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको पाइएको हो । क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको सैनिक स्रोत बताउँछ । जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको हो ।

Read More