Author: महेन्द्रनगर पोष्ट

काठमाडौं । सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ ।सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटाइदै छ । सँगै खोप लगाउन…

Read More

आजमिति २०८० साल वैशाख ६ गते विहिवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको दशमी तिथी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ । प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ ।…

Read More

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन । यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर, दुवैको दाबी खारेज गर्दै प्रमुख मियाँले संविधानको धारा १६८ को ९२० अनुसार अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्म समय दिएका छन ।प्रदेश प्रमुखले दिएको समयअघि दाबी पेश हुने एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले बताएका छन । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएको…

Read More

काठमाडौं । कोशी प्रदेशसभाको आज बैठक दिउँसो १ बजे बस्दैछ ।चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए। कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि अब के हुन्छ भन्ने अन्योल कायमै छ। मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन । तर कानुनविद्हरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने दाबी गरेका छन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार…

Read More

काठमाडौँ : पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ। नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो। लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए। उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका थिए। नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए। पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए। स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो।

Read More

काठमाडौँ : ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वीको रुपमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाएको छ । प्रतियोगिताको अर्को सेमिफाइनल खेल हङ्कङ र ओमानबिच हुनेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रतियोगिताको पहिलो संस्करण फाइनलमा नेपालले यूएईलाई नै हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको थियो ।

Read More

काठमाडौं : गायिका एलिना चौहानले बिबाह गरेकी छन् । आज बाग्लुङ निवासी प्रेमी विष्णु सापकोटासँग उनले लगनगाँठो कसेकी हुन् । झापास्थित विर्ता पार्टी प्यालेसमा आयोजित बैबाहिक समारोहमा दुबैतर्फका परिवारका सदस्य, आफन्त र साथीभाईको उपस्थितिमा बेहुला बेहुलीले औँठी साटासाट गरे । एलिना हिजोमात्रै बिबाहका लागि साइप्रसबाट फर्किएकी थिइन् । विष्णु भने दुलाहको पहिरनमा हिजोराती नै एलिनाको घर पुगेका थिए । रातभर नाचगानका कार्यक्रम गरिएको थियो । विष्णु लामो समयदेखि अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । अब बिहेपछि तपाई पनि अष्ट्रेलिया नै जाने हो ? भन्ने प्रश्नमा एलिनाले कुनै निश्चित नभएको बताइन् । उनले बिहेपछिको योजनाबारे भनिन्, भर्खर बिहे भएको छ ।…

Read More

काठमाडौं : सुनसरीको चतराधाम पुगेका भारतीय बाबाको भव्य स्वागत गरिएको छ । हेलिकोप्टरबाट उत्रिएपछि उनलाई नेपाल प्रहरीको ब्याण्ड बाजासहित स्वागत गरिएको छ । गुडिरहेको जिपको छतबाट हात जोड्दै हिँडेका बाघेश्वर धामका पिठाधिश पण्डित धीरेन्द्रकृष्ण शास्त्रीलाई सशस्त्र प्रहरी बलको टोलीले उच्च सुरक्षा दिएको थियो । उनी सवार सवारी साधनलाई आधा दर्जन संख्यामा रहेका भारतीय सुरक्षा गार्डलाई घेरेर सुरक्षा दिएका हुन् । उनी आजै बिहान नयाँ दिल्लीबाट भिस्तारा एअरको उडान नम्बर युके १५७ मा काठमाडौं आएका थिए । त्यसपछि माउन्टेन हेलिकोप्टरमा साढे ११ बजे त्यसतर्फ गएका हुन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ। कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ। किसानको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका–१० मा २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो चिस्यानकेन्द्र स्थापना गरिएको थियो। रिज्म परियोजनाको रु एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र रु २० करोड बढी लगानीमा तयार गरिएको हो। अहिले आफ्नै ऋणसमेत तिर्न नसक्दा उक्त चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेको छ। चिस्यान केन्द्रलाई रु २० करोड बढी ऋण…

Read More

काठमाडौँ : मोरङको विराटनगरस्थित रानीमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ। झडपमा परी ९ प्रहरीसहित दुवैपक्षका घाइते भएको र यकीन विवरण संकलन गरिरहेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। रामनवमीको अवसरमा हिन्दु समुदायले र्‍याली निकालेका थिए। उक्त र्‍याली रानीमा मुस्लिम समुदायको बस्तीतर्फ अगाडि बढेपछि उनीहरुले प्रतिकार गरेका थिए। यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले र्‍याली नल्याएको यसवर्ष किन ल्याउनु पर्यो भन्दै मुस्लिम समुदायले र्‍याली रोक्न खोजेपछि झडप भएको हो। तीन ठाउँमा झडप हुँदा ९ जना प्रहरी र दुवै समुदायका व्यक्तिहरु घाइते भएका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।

Read More