धनगढी : कैलाली र कञ्चनपुरमा झण्डै ४ लाखको अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानमा अन्दाजी ३ लाख ८७ हजार ८४५ मूल्यको अवैध सामान फेला परेको हो । बुधवार कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक र टीकापुर नगरपालिका-१ मेन्था चोकस्थित भित्रि सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६७ हजार २९५ मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ । उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, चक्लेट, धनियाँ, दाल, नमकिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-५ वनगाउँ…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ पोखरीकी १९ वर्षीया रेश्माकुमारी धामी मृत फेला परेकी हुन्। आफ्नै घरभित्र कोठामा झुण्डिएको अवस्थामा बुधबार दिउँसो १२ बजेतिर धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। उनी जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्ययनरत थिइन्। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
धनगढी : बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
काठमाडौं : प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको हो । प्राविधिक प्रहरी समूह, हातहतियार उपसमूहतर्फ र स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका उनीहरुलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।
धनगढीः कैलालीको धनगढीका ३ जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१७ पथरीका २७ वर्षीय बिनोद चौधरी २७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। यस्तै धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। बुधवार तीनैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी : भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा एक नेपाली युवक मृत फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक मृत फेला परेका हुन् । आफन्तका अनुसार उनी अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए । खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो(बुधबार) सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ । परिवारले हत्याको आशंका गरेको छ । उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।विकको परिवार १५ वर्षदेखि पन्जाबमा बस्दै आएका थिए ।
डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा यही बैसाख २९ गते विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । परशुराम नगरपालिकाको आयोजना र निर्सग हस्पिटल एण्ड रिर्सच सेन्टर धनगढी कैलालीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । एक दिने स्वास्थ्य शिविरमा फिजिसियन जनरल मेडिसीन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुति रोग, मानशिक रोग, जनरल सर्जरी तथा मुत्र रोग विशेषज्ञ चिकित्सक आउने नगरपालिकाले जनाएको छ । आलिताल र परशुरामका नागरिकको स्वास्थ्य सुरक्षा र समस्यालाई मध्यनजर गरि स्वास्थ्य शिविर आयोजना गर्न लागिएको नगरप्रमुख भरत बडायर जोशीले बताए । उक्त निःशुल्क स्वास्थ्य शिविरमा मुटु, प्रेसर,…
काठमाडौँ : कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ । शुक्रबारदेखि सुरु हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले बिहीबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार विहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ ।
काठमाडौं : ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। जिल्लाको पाथीभरा याङ्बरक गाउँपालिका– ४ डुम्रिसेमा बुधबार विद्यार्थी समेत सवार रहको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। स्थानीय किरण तामाङका छोरा ९ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए। घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ। ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं : लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।