काठमाडौँ ।नेकपा माओवादी केन्द्रका दुई दर्जन नेता चीन जान लागेका छन । महासचिव देव गुरुङको नेतृत्वमा दुई वटा उडानबाट सिचुआन प्रान्तको छन्तु प्रस्थान गर्न लागेका हुन ।
सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जनाको यात्रा प्रबन्ध मिलाइएको छ । सिचुआन एअरलाइन्सको उडानमा महासचिव गुरुङ,अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की र विमला केसी जान लागेका हुन ।
सोही उडानमा जगत बिएस,गीता गहतराज,ईश्वरचन्द्र ज्ञवाली,गायत्री गुरुङ,दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव पनि छन ।
मध्यान्ह १२ः०५ बजेको एअर चाइनाको उडानमा भने कृष्णकुमार अधिकारी,ओमनाथ ढुंगाना,प्रतिक कार्की,प्रकाशचन्द्र पाण्डेय,राजन पौडेल,रोशन रिमाल,मणिकुमार साम्पाङ,रुपा महर्जन श्रेष्ठ र सावित्राकुमारी शर्मा छन्तु जान लागेका छन ।
बैशाख १५ गतेसम्म चीनमा रहने टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव गुरुङका स्वकीय सचिव नवराज थापासहित पाँच जनाले बिदाई गर्दैछन ।
टोली आजै बेइजिङ्ग,माओको जन्मथलो हुनान,क्वेइचौ,खुन्मिङ्ग हुँदै फर्कनेछ । उनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागले निम्तो दिएको हो ।