धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले चार जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ४ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका धनगढी-१५ का नरसिंह चौधरी र कुटपिट मुद्दामा ५ हजार जरिवाना ठहर भएका भानु चौधरी रहेका छन् ।
त्यस्तै बहुविवाह मुद्दामा १ बर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी-९ का हरिलाल भण्डारी र लागूऔषध खैरो हिरोइन मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी-६ का ललित कडायत रहेका छन ।
Facebook Comments Box