Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना…

Read More

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू समाधान हुने बताएकी छन् । सोमबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् । उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् । परराष्ट्रमन्त्री देउवाले भनिन्,‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ । बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’ उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधान गर्न सकिने बताइन् । उनले आफू जादु र चटकमा विश्वास नगर्ने…

Read More

काठमाडौ: सुन तस्करीको पैसा हुन्डीबाट भुक्तानीमा सघाएको आरोपमा पक्राउ परेका पेवेल नेपालका सञ्चालकको मुद्दा मिलाइदिने भन्दै डिल गर्ने पूर्वडिएसपी कृष्णप्रसाद (केपी) शर्मासहित चार जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ। सिआइबीमा सेटिङ मिलाउने भन्दै साढे आठ लाख रुपैयाँ उनीहरुले लिएका थिए। सिआइबीले पूर्वडिएसपी शर्मासहित झबिन्द्र खत्री, हरिप्रसाद अर्याल र हिमालप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुमध्यृ हरिप्रसाद र हिमाल प्रसाद फरार छन्। उनीहरुले पेवेल नेपालका प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यसँग आढे आठ लाख रुपैयाँ लिएका थिए। तर, पैसा दिएर पनि सिआबीले पक्राउ गरेपछि वास्तविकता बाहिर आएको थियो। लगत्तै सिआइबीले खत्री र शर्मालाई पक्राउ गरेको थियो। बयानको क्रममा पूर्वडिएसपी शर्माले साढे आठ…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर भएको छ । यस अघि नाउपा संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई उक्त जिम्मेवारीबाट हटाउँदै उक्त जिम्मेवारी प्रमुख सचेतक खुसीराम चौधरीलाई दिइएको छ । त्यस्तै, उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टिका थापालाई दिने निर्णय गरिएको हो । प्रमुख सचेतक चौधरीको अध्यक्षतामा बहुमत सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । दलको नेता हेरफेरको निर्णयमा चार सांसदको हस्ताक्षर रहेको छ ।

Read More

काठमाडौं : सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । सोमबार बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो । नेपालको इतिहासमा उनी पहिलोपटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्य सचिव बनेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा। वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी…

Read More

धनगढी : सडक क्षेत्राधिकारमा घर निर्माण गरेका धनगढीका मुनिर खानकी श्रीमती आरती लामिछानेको मुद्धा अदालतले खारेज गरेको छ । खाँनकी श्रीमती लामिछानेले २०८१ जेठ १६ गते निषेधाज्ञाको माग गर्दै जिल्ला अदालत कैलालीमा दिएको मुद्दा खारेज भएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिबाट पशुपति मन्दिर हुँदै मोहना– चक्रपथ जोड्ने सडक निर्माण विरुद्ध खाँनले श्रीमतीलाई मुद्दा हाल्न लगाएका थिए । धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन सार्वजनिक सूचना निकालेपछि खाँनले मुद्दा हाल्न लगाएका थिए । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सरकारलाई सडक क्षेत्राधिकार तोक्ने अधिकार प्राप्त भएकाले मुख्य सडकलाई चक्रपथसँग जोड्ने रणनीतिक सडक निर्माणमा व्यक्ति विषेशले अवरोध गर्न नपाउने भन्दै…

Read More

धनगढी : कैलालीको धनगढीका अटोमा रिफ्लेक्स स्टिकर लगाइएको छ । सुदूरपश्चिम अटो यातायात प्रालिले ट्राफिक प्रहरी कार्यालय कैलाली सँगको सहकार्यमा अटोमा रिफ्लेक्स स्टिकर लगाएको हो । सोमबार धनगढी चौराहामा १५५ अटोको पछाडि भागमा रिफ्लेक्स स्टिकर लगाइएको सुदूरपश्चिम अटो यातायात प्रालिका अध्यक्ष सिताराम कठायतले बताए । सो अवसरमा अटोको अवस्था चेकजाँच गरी ‘सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक’ सन्देश पनि दिइएको थियो । सुदूरपश्चिम अटो यातायात प्रालिले यसअघि धनगढी अत्तरिया ६ लेन सडकमा राख्नेको लागि असार १२ गते ट्राफिक प्रहरीलाई स्ट्यान्ड बोर्ड सहयोग गरेको थियो । प्रालिका अध्यक्ष कठायतले अटो व्यवसायलाई मर्यादित बनाउनको लागि आफूहरू लागिपरेको बताए ।

Read More

काठमाडौँ : वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २०८० चैत २० मा कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा उजुरी समेत दिएकी थिइन् । प्रहरी नियन्त्रणमा रहेका गायक ओड चाहिँ अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए ।

Read More

धनगढी : बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८ कि ४० वर्षीया जयन्ती मडैको मृत्यु भएको हो। सोमवार करिब ९ बजे तिर रिसेडि भिरबाट खसेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। प्रवक्ता प्रहरी निरीषक पाण्डेयका अनुसार घास काट्न गएकि जयन्तीको रिसेडि भिरबाट घासको भारी बाद्ने क्रममा लडेर मृत्यु भएको हो। उनी भिरबाट करिब ६० मिटर तल तिमिले खोलामा खसेकी थिइन्।

Read More

काठमाडौं: सशस्त्र प्रहरी हेडक्वार्टरले शुक्रबार रूपन्देहीको २७ नम्बर गणका डिएसपी विश्वराम पाण्डेको सरुवा गरेको छ। उनलाई २४ घण्टाभित्रै झापामा हाजिर हुन जानेगरी बाटो तताउन आदेश दिइएको हो। पाण्डेले आचरणविपरीत कार्य गरेको र गणपति एसपी आनन्द थापालाई समेत साथ दिएको भन्दै काज सरुवा गरिएको हो। एसपी थापा केही साताअघि मात्रै सो गणमा सरुवा भई गएका थिए।अहिले डिएसपी पाण्डेलाई कमल तिम्सिनाको कमाण्डमा रहेको तालिम केन्द्रको सहायक बनाइएको छ।

Read More