काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू समाधान हुने बताएकी छन् ।
सोमबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् ।
उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् ।
परराष्ट्रमन्त्री देउवाले भनिन्,‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ । बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’
उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधान गर्न सकिने बताइन् ।
उनले आफू जादु र चटकमा विश्वास नगर्ने भन्दै भूराजनीतिक विषय जटिल हुने धारणा राखिन् ।
Facebook Comments Box