धनगढी: सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षाका साथै तस्करी नियन्त्रणमा पनि विशेष चासो दिएको जनाएको छ। चाडपर्व लक्षित तस्करी हुने भएकाले नियन्त्रणमा सशस्त्र जुटेको हो।
आज (मंगलबार) मात्रै कञ्चनपुर जिल्लाको बेलाैरी नगरपालिका ६ नकैयाबाट झण्डै २ लाख बराबरको सामान बरामद गरिएको छ। सशस्त्रका अनुसार १ लाख ८० हजार बराबरकाे पटाका, किराना सामान लगायतका सामग्री बरामद गरिएको हो।
जसका साथै सामान बाेक्न प्रयाेग गरिएकाे म३प १०२० नम्बरको मोटरसाइकल पनि समातिएको जनाइएको छ। त्यसपछि सो सामान भन्सार कार्यालय बेलाैरी कञ्चनपुरमा बुझाइएको थियो।
Facebook Comments Box