काठमाडौं: विवादित सहसचिव राजेश्वर ज्ञवाली उद्योग मन्त्रालयमा सरुवा भएका छन्। निजामती क्षेत्रमा राजस्वमाराको आरोप खेप्दै आएका ज्ञवालीको हिजोमात्र सरुवा भएको हो।
उनले अब उद्योगतर्फ सेटिङमा विभागहरुतर्फ डीजी बन्न पावर लगाएर सरुवा गराएको आरोप लागेको छ। यस्तै उनले त्यसका लागि मन्त्री दामोदर भण्डारीलाई रिझाइरहेको पनि बताइन्छ। कालो काङ्ग्रेस भनेर चिनिने उनले अहिले सरुवामा पनि मोटो रकम कबोलेर उद्योगमा पुगेको बुझिएको छ।
विवादित ज्ञवाली उनै सहसचिव हुन्, जो तत्कालीन समयमा काठमाडौंका पुर्व मेयर विध्यासुन्दर शाक्यलाइ अख्तियार पुर्याउने भूमिकामा थिए। उनी काठमाडौं महानगरको प्रमुख कार्यकारी अधिकृत भएका बेला मेयर शाक्यसहित आफू अख्तियारको फन्दामा परेका थिए।
उनै ज्ञवालीसहित हिजो सरकारले ४० सहसचिवको सरुवा गरेको छ। सरुवामा विभिन्न विभागका महानिर्देशक समेत हटाइएका छन्।
र, यो पनि: विकल र सुनिलकै लाइनमा सहसचिव राजेश्वर