Author: महेन्द्रनगर पोष्ट

धनगढीः जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। आइतबार बिहान १ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ डाडाँजाई बस्ने ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। जंगली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर गएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए। सोही क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ। अहिले हात्तीको समूह नजिकैको जंगलमा पसेको छ। प्रहरी टोली र निकुञ्जको टोली घटनास्थलमा खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए।

Read More

काठमाडौंः अविरल वर्षाका कारण आएको बाढी पहिरोले गर्दा ठाउँठाउँका सडकमा क्षति पुगेको छ। नेपाल प्रहरीका अनुसार विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध भएको छ भने केही सडकमा एकतर्फी यातायात सुचारु भएको छ। पहिरोका कारण सिस्नेरी सडकखण्ड, त्रिभुवन विश्वविद्यालय सेवा आयोगअगाडिको सडक, बल्खु-फर्पिङ सडक, पृथ्वीफ राजमार्ग तथा लेले-टीकाभैरव जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै राँके-भेडेटार सडक, मध्य पहाडी लोकमार्गका ठाउँ-ठाउँमा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै दिक्तेल गाईघाट सडक, मेची राजमार्ग, सिद्धिचरण राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। उता पहिरोका कारण कान्ती लोकपथ, भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं, त्रिभुवन राजपथ, कुलेखानी-मार्खु सडक, सिस्नेरी दक्षिणकाली सडक, पासाङ ल्हामु राजमार्ग, बीपी राजमार्ग, पृथ्वी लोकमार्ग, अरनिको राजमार्ग,…

Read More

धनगढीः सुदूरपश्चिममा एकैदिन लागूऔषधसहित चार जना पक्राउ परेका छन्। कैलालीबाट तीन र बाजुराबाट एक गरी चार जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–१७ पथरीयाबाट सोही ठाउँका २३ वर्षीय पप्पु रानालाई पक्राउ गरिएको छ । उनको साथबाट एक सय ३० मिलिग्राम लागूऔषध खैरो हेरोइन पनि बराम गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ। यस्तै कैलाली प्रहरीले नै धनगढी उपमहानगरपालिका–१५ कनरीबाट २४ वर्षीय नविन चौधरीलाई पनि पक्राउ गरेको छ। उनको साथबाट दुई सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामम गरिएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। यस्तै इलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले टोलीले २९ वर्षीय हर्कबहादुर भाटलाई पक्राउ गरेको…

Read More

काठमाडौंः आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ। ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ। ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य,…

Read More

काठमाडौं: भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ। विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए। उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।

Read More

धनगढी: धनगढीमा १२ जना जुवाडे समातिएका छन्। शनिबार बेलुका धनगढी उप-महानगरपालिका ७ भानु चोकस्थित बिष्णु चौधरीको घरमा जुवा तास खेलिरहेका १२ जना समातिएका हुन्। कैलाली प्रहरीको टोलीले उनीहरूबाट ३३ हजार ७५० रुपैयाँ पनि बरामद गरिएको जनाएको छ यी हुन् जुवाडे धनगढी उप-महानगरपालिका ७ बस्ने वर्ष ३२ को रामसिंह चौधरीऐ.ऐ.बस्ने वर्ष ४० को सुन्दर चौधरीवर्ष २३ को उमेश चौधरीवर्ष ३८ को प्रकाश चौधरी वर्ष ३० को बश्सराम चौधरीवर्ष ३२ को पुरन चौधरीवर्ष २७ को अमर चौधरीवर्ष २७ को बिनोश चौधरीवर्ष २६ को आशाराम चौधरीवर्ष २६ को लक्ष्मण चौधरीवर्ष ३१ को सिवन चौधरीवर्ष ३१ को लालबहादुर चौधरी

Read More

धनगढी: सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको हो। बाढीपहिरोले देशभर प्रभाव पारेपछि मन्त्रालयले यो निर्णय गरेको हो। सरकारले आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। यसअघि काठमाडौं महानगरपालिकाले पनि तत्काल विद्यालय सञ्चालन नगर्न सूचना जारी गरेको थियो।  शुक्रबार र शनिबार देशभर भएको वर्षाका कारण व्यापाक जनधनको क्षति भएको छ। सयौँ सडकहरू भत्एिका छन्। 

Read More

धनगढी: कैलालीमा ९ जना जुवाडे पक्राउ परेका छन्। आज (शनिबार) गोदावरी नगरपालिका वडा नं.०१ बिजयनगरस्थित केशव सिंह गुरुङको घरमा जुवा खेलिरहेका ९ जना समातिएका हुन्। विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको टोली र मालाखेती प्रहरीको टोलीले उनीहरूलाई समातेको हो। समातिनेमा गोदावरी नगरपालिका बस्ने वर्ष ६६ का केशरसिंह गुरुङ, वर्ष ४२ को निरज शाह, वर्ष ४१ को खगेन्द्र योगी, वर्ष ४० को बुद्धी सापकोटा, वर्ष ३७ को नरेश रोकाया, वर्ष ६३ को मिनप्रसाद सिरिस, वर्ष ४० को मान बहादुर ऐरी, वर्ष ५४ को धिर्क बहादुर बम र वर्ष ४० को बिजय चौधरी रहेका छन्। उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी रितपुर्वकको…

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्, भने एक जना फरार भएका छन्। धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट लागुऔषध ब्राउनसुगरसहित धनगढी–१ का २४ वर्षीय भरतराज जोशी पक्राउ परेका छन्। जोशी ८० मिलिग्राम लागुऔषधसहित शुक्रवार राति पक्राउ परेका हुन। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस्तै धनगढी–१७ का २३ वर्षीय पप्पु राना पक्राउ परेका छन्। रानालाई प्रहरीले १३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा धनगढी–५ का बिनय थापाको घरबाट ७ सय ४० मिलिग्राम लागुऔषध बरामद गरिएको छ। बिनय भने फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै कञ्चनपुरबाट भारतीय नागरिकसहित…

Read More

काठमाडौँ: अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ। शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्। बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ। कान्तिपुर संवाददाताहरूले पठाएको विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १(१ जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन्। प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन्। उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार…

Read More