Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक १ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दुध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा ७ जनाले रोजगारी पनि पाएका छन् । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो । धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ । सुरुमा चन्दाबाट चलाइएको…

Read More

धनगढी : नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट यात्रु तथा पर्यटकहरुलाई लक्षित गर्दै सेवा थालिएको हो। शुक्रबारबाट महेन्द्रनगर–काठमाण्डौँ सुविधा सम्पन्न बस संञ्चालनमा ल्याइएको नमस्ते शुक्लाफाँटा यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष सुरेश खड्काले बताए। उनकाअनुसार बसभित्रै अरामदायी सोफासेट सिट, ट्वाइलेट, वासरुम, सिसि क्यामेरा, मोवाइल चार्ज, एसि लगायतका सुविधा रहेका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध उजुरीका चाङ लागेका छन्। तत्कालीन सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारबाही गर्दै ज्ञवालीलाई सीआइबीको जिम्मेवारी दिइएको थियो। किरणलाई भने प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिएर सरुवा गरिएको थियो। सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनको सरुवा गरिएको थियो। उनलाई कारबाही गरिएपछि ज्ञवालीले सीआइबी सम्हालेका थिए। जबकी उनलाई पनि सुनकाण्डमा जोडिएका व्यक्तिले रकम माग नै गरेको आरोपसमेत लगाएका थिए। उनलाई सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले आईजिपी बन्न एक करोड मागेको आरोप लगाएका थिए। त्यतिमात्र होइन,…

Read More

धनगढीः भारतको पुनेबाट गौरीफन्टाआइरहेको बसमा आगो लागेको छ। भारतको मध्य प्रदेशमा आइतबार बिहान नेपाली सवार बसमा आगो लागेको हो। भारतबाट नेपालीहरू पठाइएको गाडीमा आगो लागेको बताइएको छ। तर, भारतबाट नेपालीहरू पठाउने समितिको बारेमा खुलेको छैन। बसमा चल्दाचल्दै आगो लागेको बताइएको छ। बस जलेर नष्ट भएको छ। मानवीय क्षति नभएको बसमा सवारहरूले बताएका छन्। बसमा सवारहरू अहिले बाटोमा अलपत्र परेका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा गुल्मीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पन्न शिबिरमा २ बढी सेवाग्रहीले सेवा लिएका छन् । एक दिने निःशुल्क शिबिरमा प्रहरी कर्मचारी र आम नागरिकको सहभागिता रहेको थियो । शिबिरमा १०७ जना पुरुष, १०० जना महिला गरि २०७ जनाले सेवा लिएका थिए । जसमध्ये स्त्रीरोग गाइनोलोजिष्ट तर्फ महिला ५७ जनाले, नेत्र परिक्षण ९० जना, भिडियो एक्सरे १०४ जना, फिजिसियन १३१ जना, इसिजि ७५ जना र ल्यावमा ११९ जनाले शिविरमा नि।शुल्क स्वास्थ्य सेवा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए निःशुल्क स्वास्थ्य…

Read More

काठमाडौं : नेपाली सेनाले ठूलो संख्यामा महासेनानी (कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) पदका लागि बढुवाको सिफारिस गरेको छ । नेपाली सेनाको सैनिक सचिव विभागका अनुसार नेपाली सेनाको कर्णेल (महासेनानी) पदमा ४८ जना र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा ८९ जना बढुवाका लागि सिफारिस भएका छन् । सेनाले बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न सकिने पनि जनाएको छ । को–को भए बढुवा सिफारिस ? https://drive.google.com/file/d/16-GKORWukj8kOmFInxFmp9SgLXlHiQLB/view

Read More

काठमाडौं : तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको हत्या भएको छ । ३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियारले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए । जीतबहादुर र सुकमाया श्रीमान श्रीमती हुन् । शनिबार दिउँसो सवा ४ बजे भएको उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी बोहराले बताए । प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

Read More

काठमाडौं : नेपाली सेनाका १४१ जना क्याप्टेनलाई मेजरमा बढुवा गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले सुचना प्रकाशित गरि बढुवा गरेको जनाएको हो । file:///C:/Users/unique%20computer%20hous/Downloads/Promotion%20(1).pdfPromotion (1)

Read More

काठमाडौं : आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि साँझ ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन…

Read More

धनगढी : वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनका लागि बझाङमा विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ। बझाङ निर्वाचन क्षेत्र १ को ‘क’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकोले त्यहाँ उपनिर्वाचन हुन लागेको हो। गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहेका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले अहिले हुन लागेको उपनिर्वाचनका लागि शनिबार निर्धारित गरिएको समयमा १२ जनाको उम्मेदवारी दर्ता भएको बताए। नेपाली कांग्रेसले बझाङका पूर्वजिल्ला सभापति समेत रहेका उनै स्वर्गीय सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ। अभिषेकले दिउँसो २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय…

Read More