धनगढीः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ सुरु भएको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख तथा डीआईजी रविन्द्र केसीले चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रवन्ध मिलाउन निर्देशन दिएका छन्। आज (बिहीबार) उनले कैलालीका सीमानाकाको निरीक्षण गर्दै तस्करी नियन्त्रण तथा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन्। सो कार्यक्रममा केसीले सिमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कार्यालयका कार्यालय प्रमुख लगायत अन्य प्रहरी कर्मचारीहरूलाई पनि निर्देशन दिएका थिए। केसीले चाडपर्वमा हुने कालोबजारी, तस्करी, लागूऔषध नियन्त्रण एवं दुर्घटना र शान्ति सुरक्षाको व्यवस्थापनका लागि पनि खटिन निर्देशन दिएका थिए। डीआईजी केसी पछिल्लो समय तस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम बनेका थिए।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आन्दोलनबाट अदालत किन प्रभावित हुन्छ भन्दै प्रश्न गरेका छन्। बुधबारको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद शर्माले सर्वोच्च अदालतको झ्यालबाट जुलुस हेरेर पनि फैसला हुने गरेको बताएका हुन्। उनले भने– बाटो बिस्तार भइरहेको अवस्थामा अदालतले निर्णय गरेपछि रोकिएर अलपत्र परेको छ, यस्ता कुरामा अदालतको ध्यान किन पुग्दैन ? आन्दोलनबाट प्रभावित भएर फैसला हुने गरेको अवस्था छ। सर्वोच्चको झ्यालबाट हेर्ने र जुलुस हेरेर पनि फैसला हुने गरेको छ। सांसद शर्माले तल्लो तहका नागरिकलाई आफ्नो तहका प्रमाणहरू बनाउन गाह्रो रहेको भन्दै कागजी प्रमाणलाई मात्रै हेर्दा धेरै अन्याय भएको उल्लेख गरे। उनले यसलाई…
सुरेश जोशी, काठमाडौं: लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले ठूलो अपरेसनलाई सफलतापूर्वक पूर्णता दिएको छ। आज (बुधबार) व्युरोका प्रहरी सिनियर सब-इन्सपेक्टर (वरिष्ठ सई) केशब जोशी नेतृत्वको टोलीले ठूलो अपरेसनलाई पूर्णता दिएको हो। प्रहरीका अनुसार जोशीको टोलीले सुदूरपश्चिमबाट गएर ठूलो मात्रामा खैरो हिरोईनसहित २ जनालाई पक्राउ गरेको हो। टोलीले उनीहरूलाई बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २० स्थित एरपोर्ट नजिकै पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैराहिज जिल्ला रुपेडिया स्टेशन रोड उत्तर प्रदेश भारत बस्ने ३३ वर्षीय राहुल शुक्ला र बर्दियाको गेरूवा गाउँपालिका ५ घरभई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० एरपोर्ट बस्ने ४१ वर्षीय बालचन्द्र कामी रहेका छन्। जोशी कमाण्डको टोलीले उनीहरूको साथबाट प्लाष्टिकसहित १०२ ग्राम…
सुरेश जोशी, महेन्द्रनगर: सुदूरपश्चिमसँग नाका जोडिएको भारतीय क्षेत्र बनबासाको थानाध्यक्ष फेरबदल गरिएका छन्। यस अगाडिका उपनिरीक्षक (एसआई) लक्ष्मण सिंह जगवाणको सरुवा भएपछि नयाँ उपनिरीक्षक पठाइएको हो। अहिले एसआई सुरेन्द्र सिंह खडायतलाई बनबासा पठाइएको छ। उनी यस अगाडि एण्टी ह्युमन ट्राफिकिङ युनिटमा थिए। अहिले उनको स्थानमा जगवाण गएका छन्। अन्य को कहाँ ? (नामसहित)
धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते भएका छन्। बुधवार राति साढे २ बजेको समयमा धनगढी उपमहानगरपालिका–१९ को धामी चोकमा हसुलिया जाँदै गरेको ०१०१२ प ५५१८ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मापसे गरेको अवस्थामा मोटरसाइकल चलाइरहेको अवस्थामा अनियन्त्रित भएर दुर्घटना भएको थियो। बेहोस् अवस्थामा उद्दार गरिएका उनको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै कैलालीमा भिरबाट खसेर एक बालक गम्भीर घाइते भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ शान्ति टोल बस्ने १५ वर्षीय महेश भट्टराई सुम्रेखाले भिरबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी…
काठमाडौँ: काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो । उक्त छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो। बैठकले मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई…
काठमाडौँ: हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ, भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ। सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चण्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन्। गएको जेठ २७ गते पुलको एकतर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो। एकतर्फ कोल्टे परेको झोलुङ्गे पुलबाटै उनीहरु यात्रा गर्ने गर्छन्। भत्किएर जीर्ण भएको पुलमा स्थानीय प्रशासनले यात्रा गर्न रोक लगाएको छ। तर पनि दैलेखबाट अछामको विद्यालयमा पढ्ने छात्राहरु महिनावारीको समयमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जाने गरेका छन्। सुरुमा यात्रामा प्रतिबन्ध लगाइएको पुलमा अहिले महिनावारीको समयमा महिलाहरु आवतजावत गरिरहेका छन्। उनीहरुलाई स्थानीय प्रहरीले नदेखे झैं गर्ने गरेको छ।जीर्ण पुलको करिब ५ सय मिटर नजिक अर्को पुल निर्माण भएको छ। नवनिर्मित…
महेन्द्रनगर: कञ्चनपुरमा एक वडाध्यक्षले हेल्मेट बाडिरहेका छन्। दोधारा–चाँदनी नगरपालिका ६ का वडाध्यक्ष ओम बस्नेतले हेल्मेट बाडिरहेका हुन्। उनले चाडपर्व नजिकिएसँगै हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग सहकार्य गरेर हेल्मेट वितरण गरिरहेको जनाएका छन्। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक जगत गाहामगरसहितको टोलीमा खटिएर उनले हेल्मेट वितरण गरेका छन्। वडाध्यक्ष बस्नेतले आफ्नो वडा क्षेत्रमा पर्ने सडकमा दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीसँग समन्वय गरेर ट्राफिक सचेतना कार्यक्रम थालेको बताए। उनले हेल्मेट नलगाएर मोटरसाइकल गुडाउनेलाई हिजो बिहानैबाट सडकमा उभिएर हेल्मेट दिएका थिए। उनले मंगलबार आयोजित एकदिने ट्राफिक सचेतनामूलक कार्यक्रममा ट्राफिक नियम उल्लंघन गरेर दुई पाङ्ग्रे सवारी साधन चलाउने १० जनालाई हेल्मेट उपहार दिएको…