धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख तथा डीआईजी रविन्द्र केसीले चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रवन्ध मिलाउन निर्देशन दिएका छन्। आज (बिहीबार) उनले कैलालीका सीमानाकाको निरीक्षण गर्दै तस्करी नियन्त्रण तथा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन्।
सो कार्यक्रममा केसीले सिमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कार्यालयका कार्यालय प्रमुख लगायत अन्य प्रहरी कर्मचारीहरूलाई पनि निर्देशन दिएका थिए।
केसीले चाडपर्वमा हुने कालोबजारी, तस्करी, लागूऔषध नियन्त्रण एवं दुर्घटना र शान्ति सुरक्षाको व्यवस्थापनका लागि पनि खटिन निर्देशन दिएका थिए।
डीआईजी केसी पछिल्लो समय तस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम बनेका थिए।
Facebook Comments Box