धनगढीः आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको गरेको हो। रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको हो। धनगढी स्पोर्ट्सको ब्याटिंगमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन। लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो। छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे। भुवनको विकेट…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुरः कञ्चनपुरमा एक जनामाथि निर्घात कुटपिट भएको छ। गत कात्तिक २८ गते राति लेनदेनको विषयमा विवाद हुँदा जिल्लाको वेदकोट नगरपालिका–१ आमथलाका हर्क खडायतमाथि निर्घात कुटपिट भएको हो। मरणाशन्न हुने गरी भएको कुटपिटपछि अहिले हर्क अचेत अवस्थामा छन् । उनको लागि न्याय खोज्दै उनको परिवार शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आईपुगेको छ । प्रहरीले कुटपिटमा संलग्नहरुलाई पक्राउ नगरेको भन्दै अचेत अवस्थाका खडायतलाई प्रहरी कार्यालयमै ल्याएर न्यायको माग समेत गरेका छन्। परिवारले कुटपिटमा संलग्न सोही स्थानका उद्धव बोहरा, लोक बोहरा, द्वर्ण बोहरा, लोक बोहरा र चक्र बोहराको नाममा किटानी जाहेरी समेत दिएका छन्। पीडितको जाहेरीको आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…
बैतडी : त्रिपुरा क्रिकेट क्लब बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिपुराले पाटन क्रिकेट क्लबलाई सात रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो । दशरथचन्द क्रिकेट मैदानमा भएको उक्त खेलमा त्रिपुराले ३० दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै पाटनसामु जितका लागि एक सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिपुराका लागि लोकेन्द्र थापाले ५० रन बनाए । जवाफी ब्याटिङमा उत्रेको पाटनले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाएर एक सय ८८ रन मात्र बनाउन सक्यो । पाटनका लागि मधुर विष्टले ५० रन बनाए । चार विकेट लिनुभएका त्रिपुराका जयसिंह धामी म्यान अफ…
कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजपड्तालको कार्यअगाडि बढाएको छ। हात्तीपाइले र हाइड्रोशिल रोग निवारण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरी अस्पतालले रोगीहरुको खाजी गरिरहेको हो। अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्रसिंह रावलका अनुसार राष्ट्रिय हात्तीपाइले कार्यक्रमअन्तर्गत सन् २०३० सम्म देशबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुसार प्रदेश सरकारबाट स्वीकृत बजेटको परिधिभित्र रही एमएमडिपि कार्यक्रम सञ्चालन गरी गाउँ बस्तीमा रहेका हात्तीपाइले र हाइड्रोशिलका बिरामीहरुको खोजी गरी निःशुल्क रुपमा शल्यक्रिया गर्ने कार्यक्रम अगाडी बढाइएको अधिकृत रावलले बताए। जिल्लाका १० स्थानमा स्क्रिनिङ्ग क्याम्प सञ्चालन गर्ने लक्ष्य रहेको…
धनगढी : शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डाक्टर गोविन्द केसी प्रदेशबासीको माग विपरीत देखिएकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको जनाएको छ। शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनसन बस्न नदिएको समितिले बताएको हो। संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले डाक्टर केसी प्रदेशबासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनसन बस्न नदिएको बताए। ‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन्। अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना…
धनगढी : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको सत्याग्रहविरुद्ध धनगढीमा शनिबार प्रदर्शन भएको छ। चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो। आन्दोलनकारीले ´विदेशी दलाल गोविन्द केसी मूर्दावाद, केसी गर्छन् भ्रमको खेती, युवा विद्यार्थी विदेशमा बेची`लगाएतका नारा लगाएका छन्। संघर्ष समितिले डा. केसीविरुद्ध नाराबाजी समेत गरेको छ। डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन्। सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका थिए। तर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय…
अछाम :जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले नागरिकका समस्या सुन्न र सेवा प्रवाहबारे जानकारी गराउने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा अन्तरक्रिया तथा छलफल सुरु गरेको छ। सोही अभियानअन्तर्गत शुक्रबार चौरपाटी गाउँपालिकामा एक कार्यक्रम आयोजना गरियो। सो अवसरमा जिल्ला प्रशासन र प्रहरी प्रमुखले आफू मातहत र कार्यालयबाट प्रदान गर्ने सेवाबारे जानकारी प्रदान गरे। प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समाजका कुरीति तथा कुसंस्कारविरुद्ध सबैलाई सचेत पार्ने उद्देश्यले सबै पालिकामा सचेतनामुलक कार्यक्रम गरिएको बताए। सो अवसरमा उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका साथै ऐन, निर्देशिका, कार्यविधिलगायत विषयमा जानकारी गराए। उनले स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिले नागरिकता, महिला…
डडेल्धुरा : अमरगढी नगरपालिकाले प्रहरी परिचालन गरेर मालम दोबाटो (हुँलाक डाँडा) मा फोहोर फाल्न खोजेपछि स्थानीय र प्रहरीबीच मुठभेड भएको छ। ३/४ दिन यता मालम दोबाटोमा स्थानीयले फोहोर फाल्न नदिएपछि जिल्ला सदरमुकाम अमरगढीको फोहोर उठ्न पाएको थिएन। तर, शनिबार नगरपालिकाले प्रहरी परिचालन गरेर फोहोर फाल्न खोजेपछि स्थानीयले अवरोध जनाएका थिए। स्थानीयले फोहोर लगेर गएको ट्याक्टरलाई रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही समयमा स्थानीय र प्रहरीबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो। अमरगढीले प्रहरी परिचालन गरेर दादागिरी देखाउन खोजेको भन्दै त्यसको परिणाम भोलि देखाउने मालमबासीले धम्की दिएका छन्। यसअघि पनि मालम दोबाटोमा फोहोर फाल्न नदिने भन्दै मालमबासीले अमरगढी नगरपालिका…
काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा पूर्वअधिकृतहरूसँग सुझाव लिन थालेको छ। सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरू बीचमा सशस्त्रको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने बताएका छन्। साथै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग सङ्गठनको वृत्तिविकासका लागि मार्गदर्शक हुने उनको विश्वास छ। सुझाव सङ्कलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम केसी सहभागी थिए। उनीहरूले समयानुकूल सीमा सुरक्षाका चुनौती पनि…
बैतडी : बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सरुवा भएको छ। पन्थीलाई बैतडीबाट नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको हो। पन्थी २०७९ जेठमा प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आएका थिए। उनको डेढ वर्षपछि सरुवा भएको छ। गृह मन्त्रालयले पन्थीसहित १६ जना सहसचिवको सरुवा गरेको हो।