काठमाडौं : वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ। यद्यपि नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० ३–१ ले गुमाइसकेको छ। श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेष्ट इण्डिजलाई सिरिज सुम्पिएको हो। आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप जुन १ देखि २९ तारिखसम्म…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत…
अत्तरिया- डोटीको आदर्श गाउँपालिका-४ भुवाँका करन विष्टको भारतमा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय विष्ट बिहीवार आफ्नै कोठामा मृत फेला परेका उनको पारिवारिक स्रोतले बताएको छ । उनी रोजगारीको सिलसिलामा भारतको केरलामा रहेका थिए । मृत्युको कारण भने नखुलेको उनका आफन्तले बताएका छन् ।
डडेल्धुरा : डडेल्धुराको अमरगढी किल्लादेखि खप्तडसम्मका लागि अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा सुरु भएको छ । सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको प्रायोजन तथा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमोसन प्रालिको आयोजनामा साइकल यात्रा सुरु भएको हो । साइकल यात्राको एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहरालगायतले शुभारम्भ गरे । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख बोहराका अनुसार ऐतिहासिक पर्यटकीयस्थल अमरगढी किल्लादेखि सुरु भएको साइकल यात्रा धर्तीको स्वर्गका रुपमा चिनिएको खप्तडको त्रिवेणी धामसम्म…
बझाङ : बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। केदारस्युँ गापालिका वडा नम्बर ८ का ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो। मृत धामी बिहीबार साँझ घरबाट निस्केका र साझँसम्म घर नफर्किएपछि आफन्तहरुले खोजतलास गर्दा शुक्रबार बिहान चडेपानी भिरबाट खसेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ ।
धनगढीः एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले उक्त दरको नोटमा रहेको यसअघिको बुच्चे नक्सा हटाएर नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको छ। २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि यो वर्षदेखि छापिने नयाँ नोटमा उक्त व्यवस्था गर्न लागिएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ एक सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राख्न लागिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। उक्त नोटको अग्र भागमा एक दशक अघिदेखि लुम्बिनीको अशोक स्तम्भ पनि राख्न…
काठमाडौं : अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ । विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रवार शुभकामना तथा बिदाइ गरिएको हो । पुलिसका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सागर ढकाल र ललित राजवंशीले विश्वकप खेल्ने टोलीका खेलाडीलाई शुभकामना तथा बिदाइ गरिएको हो । उनीहरूलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थितिमा शुभकामना दिइएको हो । शुभकामना तथा विदाइ कार्यक्रममा करण केसी र सागर ढकाल उपस्थित थिएनन् ।
काठमाडौंः सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत एसपी बिनोद शर्मालाई कारबाहीस्वरुप हटाएपछि काफ्लेलाई खटाइएको हो। यसअघि सिन्धुलीमा एसपी अर्जुन तिमिल्सनालाई पठाउने तय भएको थियो। तर, उनले त्यहाँ जान नमनेपछि काफ्लेलाई खटाइएको बताइएकोृ छ। काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ। मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रयोजनका लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो। सोडारीले विश्वासको मत लिने भनेर बोलाईएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ। संसद सचिवालयले सूचना टाँस गर्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको जनाएको हो। एमालेले सरसल्लाह नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताउदै आएको थियो। काँग्रेसले पनि उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै संसद अवरुद्ध पार्ने चेतावनी दिदै आएको थियो भने नाउपाले मत नदिने उर्दी नै जारी गरेको थियो।
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पार्टीले विश्वासको मत नदिने जनाएका छन् । संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री दीर्घ सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै आज विश्वासको मत नदिने जनाए छ । ‘गठबन्धनको सरकार बनाउने कुरा हो । यहाँ हतार गर्नु पर्ने बेला छैन । बझाङको निर्वाचन भर्खर सकिएको छ । उम्मेदवारको बुवा बित्नुभएको १३ दिन पनि पुगेको छैन किन हतार गर्नु’, उनले भने ।यसअघि नै मुख्यमन्त्री सोडारीले आज ५ बजे विश्वासको मत लिन संसद् आह्वान गर्न प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । आज…