Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीस्थित एसपीए कलेजमा नेकपा एमाले निकट विद्यार्थी संगठनको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट आज भुपेश पुजाराको नेतृत्वमा नयाँ कमिटी चयन गरिएको हो। सम्मेलनले पुजाराको नेतृत्वमा ३५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको बताइएको छ। यस अगाडि त्यहाँ ज्ञानु जेठारा अध्यक्ष थिए।

Read More

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते भएका छन्। जिल्लाको बेलडाँडीबाट महेन्द्रनगर जाने क्रममा बेलडाँडी–दैजी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मानवहादुर चन्द र उनकी पत्नी निलम भट्ट घाइते भएका छन्। दुबै जनाको हात र खुट्टमा चोट लागेको छ। उनिहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। चन्द नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष हुन भने भट्ट स्वास्थ्यकर्मी हुन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली काङ्ग्रेसका मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे विश्वासको मत लिने तयारी गरेका हुन्। तत्कालीन गठबन्धनमा नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए। आज बसेको प्रदेश सभा सचिवालयले सोही अनुसार प्रदेश सभा बैठक आह्वान गरेको छ। प्रदेश सभा सचिव देवराज बोगटीले प्रदेश सभा सदस्यहरुलाई बैठकबारे म्यासेज पठाइसकेका छन्। ५३ सदस्यीय प्रदेश सभामा हाल ५२ प्रदेश सभा सदस्य रहेका छन्। यस प्रदेशमा बहुमत ल्याउन २७ मत आवश्यक रहे पनि कुनै दलसँग बहुमत छैन। सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १८ र…

Read More

काठमाडौं : भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए । ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा…

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद झन बल्झिदै गएको छ। रेशमलाल पत्नी रञ्जिता श्रेष्ठ चौधरी पार्टी अध्यक्ष रहेको नाउपा पार्टीभित्रको विवाद विचार मतभेददेखि कुटाकुट र हत्याको धम्की हुँदै कारबाहीसम्मै पुगेको हो। यसैक्रममा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेश अध्यक्षमाथि कारबाही भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन्। पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै…

Read More

धनगढी : अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने समय साँघुरिँदै गएको छ। केन्द्रमा बनेको नयाँ गठबन्धनपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। फागुन २२ गते माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेपछि २३ गते माओवादीले समर्थन फिर्ता लिएको थियो। संविधानत: मुख्यमन्त्री शाहले २२ गते भित्र विश्वासको मत लिइसक्नुपर्नेछ। विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरिएको उक्त धारामा ‘प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने व्यवस्था उल्लेख गरिएको छ। मुख्यमन्त्री शाहसँग २२ गते…

Read More

धनगढी: राप्रपा निकट विद्यार्थी संगठनको जिल्ला अध्यक्षमा प्रेम रावल चयन भएका छन्। आज (सोमबार) महेन्द्रनगरमा सम्पन्न अधिवेशनबाट रावलको अध्यक्षतामा कमिटी बनेको हो। अधिवेशनबाट राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको अध्यक्षमा रावल चयन भएकाे छन्। यस्तै उपाध्यक्षमा अमित ठाकुर र शौरभ चन्द, महिला उपाध्यक्षमा दिपिका तिवारी, सचिवमा अनमोल चन्द, सहसचिवमा आकृति शाह, कोषाध्यक्षमा सुवास साउके र सदस्यहरूमा पुजा भाट, निर्मला भण्डारी, अनिता घटाल, प्रिया रोकाया, अनिता भण्डारी, सोनिया चन्द, त्रिवेणी पन्त, विमला खत्री, भरत जोरा, जानकी जोशी, कविता बिष्ट, लिला साउद, दिया साउद, स्वस्तिका खत्री, दिपा भण्डारी, हिमन्ती भट्ट, दिनेश बिष्ट, रोशन भट्ट, दीपक भट्ट, निशा सुनार, विनिता सुनार, गणेश देउवा, विवेक पन्त…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित डायमण्ड स्पा (मसाज सेन्टर) लाई प्रहरीले टार्गेटमा राखेको जनाएको छ। स्पाका नाममा अनैतिक गतिविधि गर्दै आएको डायमण्डलाई प्रहरीले टार्गेटमा राखेको जनाएको हो। कञ्चनपुर प्रहरीका प्रमुख एसपी चक्रराज जोशीले डायमण्ड स्पालाई टार्गेटमा राखिएको र अन्यमा पनि निगरानी बढाएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार डायमण्ड स्पामा अनैतिक गतिविधि भैरहेको सूचना आएको थियो। सोहीअनुरुप निगरानी बढाइएको हो। यसअघि पनि मसाजका नाममा सञ्चालक अन्शु गुप्ता (आँसु) ले अवैध र अनैतिक गतिविधि गराइरहेका थिए। तर तत्कालीन एसपी कमल थापाले सञ्चालकबाट लाभ लिएर अन्यमा मात्र छापा हान्ने गरेको र डायमण्डलाई छुट दिएको बताइदै आएको थियो। थापाको सरुवा भएपछि आएका एसपी जोशीले भने स्पालाई…

Read More

काठ्माडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन्। सोमबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताए। उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे। उनले अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए। उनले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताए। उनले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध रहेको बताए। प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरुमा आवश्यक पर्ने न्यायाधीशहरुको व्यवस्थापन बिस्तारै हुँदै जाने…

Read More

दार्चुला : दार्चुलामा ट्याक्टरबाट प्रहरीले दुई किलो सात सय ग्राम चरेस बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका १ श्रीबगडबाट प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरी कार्यालय दार्चुलाका अनुसार सुन्सेराबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको सुपप्र ०२००१ त १३१० नम्बरको ट्याक्टरबाट चरेस बरामद गरिएको हो। प्रहरीले ट्याक्टर चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ हर्कलाल रानालाई पक्राउ गरेको जनाएको छ। यस्तै अर्का दार्चुलाको व्याँस गाउँपालिका वडा ४ सुन्सेरा बस्ने जयलाल सिह कुवरलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More