Author: महेन्द्रनगर पोष्ट

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीको अचानक प्रेसर बढेर अस्पताल भर्ना गरिएको बताइएको छ। आज (सोमबार) अस्वाभाविक ढंगले रक्तचाप बढेपछि उनलाई साँझ अस्पताल भर्ना भएको बताइएको हो।  पत्रकारहरुलाई काठमाडौंमा आफूले तीन महिनादेखि खाना नखाएको जानकारी दिँदै रेशमलाल चौधरीले श्रीमती एवम् आफ्नो पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगिसकेको पनि बताएका छन्। उनले भनेका छन्, ‘तीन महिनादेखि खाना खाएको छैन। कहिले दुई चम्चा खान्छु, कहिले के, कहिले के, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ। केही पनि मान्दै मान्दैनन्।’ चौधरीले पार्टी निर्माण गर्दा भोगेको पीडाभन्दा अहिलेको पीडा बढी…

Read More

काठ्माडौं : सरकारले साढे दुई दर्जन उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका ३० जना उपसचिवको पदस्थापन गरेको बताइएको छ । जसअनुसार उपसचिव नारायणप्रसाद भट्टराईलाई जिल्ला समन्वय समितिको कार्यालय, हेटौंडा पुर्याइएको छ । चन्द्रप्रसाद मिश्र, रघुवंश कँडेल, खेमनारायण पौडेल, जगदिश मिश्र र दिपेन्द्रकुमार खत्रीको भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । अशोककुमार भट्टराई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुँदा विष्णुप्रसाद पौडेल जिल्ला समन्वय अधिकारी भएर प्युठान पुगेका छन् । अर्जुनप्रसाद रिजाल, नारायणप्रसाद आचार्य, ध्रुवकुमार गौली, धनश्याम गौतम, डिलबहादुर कार्की, भोजबहादुर भण्डारी, बखतबहादुर खड्का, खगेन्द्रप्रसाद भट्ट,…

Read More

धनगढी : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि बझाङ १ मा पार्टीको उम्मेदवार दमन भण्डारीलाई जिताउन एमालेले आह्वान गरेको छ । आज कैलालीको धनगढीमा एक कार्यक्रमको आयोजन गर्दै एमालेका नेताहरूले निर्वाचन जिताउने गरी लाग्न नेता कार्यकर्ताहरूलाई सामूहिक आह्वान गरेका हुन् । प्रदेश सभा क को उपनिर्वाचन विशेष भेला तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रमकाका नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री कर्ण थापाले सुदूर प्रदेश सरकारमा नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक रहेको बताए। उनले नयाँ वर्षमा नयाँ कामको सुरुवात गर्नु पर्ने भन्दै आगामी वर्षको सुरुवात बझाङमा एमाले विजयी भएको खबरबाट हुनुपर्ने…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी(नाउपा) का संरक्षक रेशम चौधरी पक्षले केन्द्रीय पदाधिकारी र सदस्यको बैठक बोलाएको छ । २७ पुसमा सम्पन्न भएको पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत भएका चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न योग्य नहुने निर्णय गरेको थियो । निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको संस्थापक केन्द्रीय कमिटिलाई नै निरन्तरता दिएपनि पहिलो महाधिवेशनबाट महासचिव बनेका गंगाराम चौधरीले बैठक बोलाएका हुन् । नाउपाको पार्टी कार्यालय काठमाडौँमा २३ र २४ गते बस्ने बैठकमा पहिलो महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भन्दै उपस्थितीका लागि अनुरोध गरिएको छ । नाउपामा संरक्षक रेशम र अध्यक्ष रञ्जिताबीच विवाद चलिरहेका बेला महासचिव चौधरीले…

Read More

काठ्माडौं : भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तिहाड जेल लगिएको छ । स्थानीय एक अदालतले आज उनलाई १५ अप्रिलसम्म थुनामा राख्न अनुमति दिएपछि तिहाड जेल लगिएको बताइएको छ । तिहाड भारतकै सर्वाधिक सुरक्षा व्यवस्था रहेको जेल हो । उनलाई जेलभित्रको २ नम्बर सेलमा राखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अबदेखि उनलाई बिहान साढे ६ बजे ब्रेकफास्ट दिइने छ । जसमा चिया र पाउरोटी हुने छ । साढे १० देखि ११ बजेको बीचमा दाल, तरकारी र उनको रुची अनुसारको भात वा रोटी उपलब्ध गराइनेछ । अपरान्ह साढे ३ बजे चिया र दुई वटा विस्कुट जेल प्रशासनले उपब्ध गराउने नियम…

Read More

काठ्माडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले सो कुरा बताएका हुन् । मन्त्री भण्डारीले भने, “यो कानुन आजको आवश्यकता हो । समय सान्दर्भिक पनि छ । उद्यमशितालाई प्राथमिकता दिँदै कारोबारलाई विश्वसनीय बनाउन, व्यवसायको वर्गीकरण गर्ने विषयमा सांसदहरुले दिनुभएको साझा मतलाई आत्मसाथ गरिनेछ ।” युवालाई नयाँ व्यवसायमा प्रोत्साहित गर्ने मत सकारात्मक भएको उल्लेख गर्दै मन्त्री भण्डारीले नवप्रवर्तनसम्बन्धी नीति सरकारको प्राथमिकतामा रहेको बताए । नियमन गर्ने सन्दर्भमा नियन्त्रण हुन्छ…

Read More

धनगढी: पार्टी कार्यालयभित्रै कार्यकर्ताबीच कुटाकुट भएको घटना बाहिरिएपछि नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीले आगामी शुक्रबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक राखिएको जानकारी दिएको छ। यस्तै पार्टी कार्यालयको घटनाका सवालमा पार्टीका संरक्षक रेशमलाल चौधरीले स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै संरक्षक सबै कुरा झुठो भएको दाबी गरेका छन्। यस्तै उनले आफ्नी पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले जसरी पनि आफूलाई फेरि जेल हाल्ने योजना बनाएको उल्लेख गरेका छन्। चौधरीले लेखेका छन्, ‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन्। जसरी पनि मलाई जेल हालेर…

Read More

काठमाडौं: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले पार्टी केन्द्रीय सदस्यलाई धम्की दिएको बताइएको छ। नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशमले आइतबार एउटा छलफलमा धम्की दिएको बताए। उनले आफूलाई हत्या पनि हुन सक्छ भन्दै धम्काएको बताए। ‘हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा टीकापुर नगरपालिकाका मेयर साब, वडा नं ४ का वडाध्यक्ष, वडा नं ५ का वडाध्यक्ष संयुक्त रुपमा बसेका थियौं। उहाँले सिधै के भन्नुभयो भने यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले आज ममाथि भौतिक…

Read More

काठ्माडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले आफूलाई ‘मूर्ख’को संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटससहित आफ्नै फोटो स्केच शेयर गर्दै उनले विम्बात्मक रुपमा आफूलाई मूर्ख भनेका हुन् ।  पञ्चायतदेखि हालसम्मको राजनीतिक अवस्थाको ब्याख्या गर्दै डा.भट्टराईले भनेका छन्,बाबुरामजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्,तर त्यो अरण्यरोदन बनिरहेछ । ‘ अहिलेको राजनीतिक अवस्था निरकुंश पञ्चायती कालरात्री जस्तो भएको दावी गरेका उनले ०३३/०३४ सालतिर जस्तै जनतामा चरम निराशा छाएको र पार्टीहरु टुटफुटबाट गुज्रिरहेको बताएका छन् । बाबुरामको स्टाटस : नयाँ पुस्तालाई थाहा नहुन सक्छ !  तर मलाई झलझली…

Read More

धनगढी : धनगढीमा सम्पन्न डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीमा शुक्रवार र शनिवार डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिम आयोजना गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सबै जिल्ला ३० जनाको हाराहारीमा पत्रकारहरू तालिममा सहभागी थिए । उनीहरूले तालिमले डाटा पत्रकारितामा ठुलो सहयोग गर्ने विश्वास व्यक्त गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा तालिमको आयोजना गरिएको थियो । शुक्रवार तालिम उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पनि अब डिजिटल पत्रकारिताको प्रारम्भ गर्न सुझाव दिएका थिए । समापन सत्रमा…

Read More