Author: महेन्द्रनगर पोष्ट

धनगढी : शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम युटिएलको टावर जोखिमयुक्त अवस्थामा रहेको छ। बाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो। छ हजार पाँच सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए । उनले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकमवृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरूका तीन वर्षपछि कम्पनी नै सम्पर्कविहीन भएको जानकारी दिए।  उनका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी…

Read More

धनगढी : जिल्ला प्रशासन कार्यालय डोटीले हातहतियार नवीकरण गर्न आग्रह गरेको छ । ३५ दिनको समयसीमा दिँदै प्रशासनले इजाजत प्राप्त हातहतियार नवीकरण गर्न भनेको हो ।  विभिन्न मितिमा हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति तथा संस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपयले नगराएको देखिएको प्रशासनले जनाएको छ । आज सूचना जारी गर्दै प्रशासनले तोकिएको समयभित्र हतियारको इजाजत प्राप्त व्यक्ति स्वयं उपस्थित भएर नवीकरण गर्न सूचित गराएको छ ।  ‘जिल्लाबाट हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति–संस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति–संस्थाले तोकिएको समयभित्र हातहतियारको इजाजतपत्र नवीकरण गरेको यस कार्यालयको हातहतियार अभिलेखमा नदेखिएको हुँदा, यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नवीकरणको…

Read More

धनगढी : नेकपा एमालेका कैलाली जिल्ला सदस्य चक्र बहादुर बोगटीले पदबाट राजिनामा दिएका छन् । एमालेको गत फागुनमा सम्पन्न अधिवेशनबाट जिल्ला कमिटि सदस्य पदमा निर्वाचित भएका बोगटीले उक्त पदबाट राजिनामा दिएका हुन । पार्टीको जिल्ला कमिटिमा गुटबन्दी बढी हुँदा आफुले पदबाट राजिनामा दिएको उनले बताए । उनले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुको साटो गुटबन्दी गरेर आफ्ना खल्तीका व्यक्तिहरुलाई जिम्मेवारी दिईदा आफुले राजिनामा दिनुपरेको बताए । ‘योग्यता र क्षमताको कदर भएन, जिल्लाको अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको मान्छे र जिल्ला कमिटिको पुरानो सदस्य हुँदा पनि जिम्मेवारी दिईएन’ उनले भने ‘बरु हिजोअस्ती माओवादीबाट, समाजवादी बाट आएकाहरुले जिम्मेवारी पाए, जिन्दगीभर…

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय, सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप आचार्यमाथि छ । साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ । साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन् । उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ । एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन् । यसअघि प्रहरी प्रधान कार्यालयले कार्यक्षमतामा कमजोर रहेका ६ एसपीलाई तानिसकेको छ । आचार्यको हकमा पनि कैफियत देखिएका हटाउने सम्भावना छ । त्यस्तै, सुनसरीका…

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी–१ पशुपति टोलबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। आइतबार दिउँसो भीमदत्त नगरपालिका–५ सुकासालका २४ वर्षीय विक्रम सिंह नायक पक्राउ परेका हुन। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले २.६२० ग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरेको छ। पक्राउ परेका नायकले लगाएको जुत्ताभित्र लागु औषध लुकाएका थिए। प्रहरी जाँचका क्रममा जुत्ताभित्र तीन पोकामा ब्राउन सुगर लुकाएको भेटिएको थियो। नायकमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : बझाङमा आगोमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बित्थडचिर गाउँपालिका –६ की ४६ वर्षिया बेलमती देवी धामी जलेर घाइते भएकी हुन्। बित्थडचिर गाउँपालिका–६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको थियो। खरमा सल्किएको आगो नियन्त्रणमा लिने क्रममा उनको दुबै हात र खुट्टा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार अहिले घाइते धामीको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको छ। अवस्था मध्यम रहेको छ।

Read More

काठमाडौँ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो । पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ । नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् । प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा.वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।

Read More

काठमाडौं : स्याङ्जामा ‘ड्युटी’मा रहेका प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१३ बायँटारीस्थित झोलुङ्गे बजारमा झैझगडा मिलाउने क्रममा प्रहरीमाथि हातपात गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । गएराति मादक पदार्थ सेवन गरी झैझगडा गरिरहेको जानकारी प्राप्त भएपछि घटनास्थलमा पुगेर सम्झाई–बुझाई गर्ने क्रममा प्रहरीलाई नै कुटपिट गरी घाइते बनाएका थिए । प्रहरी चौकी थुमपोखराबाट खटिएका प्रहरीलाई घाइते बनाएका स्याङ्जाको वालिङ–१२ कोखे बस्ने २८ वर्षीय रविन गुरुङ, सोही ठाउँ बस्ने २५ वर्षीय काजी गुरुङ र कोखेकै २४ वर्षीय सुदीप गुरुङलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको हो । “मादक पदार्थ सेवन…

Read More

धनगढी : बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ को मुख्य बजारको पछाडी रिङरोडको तल २१ बर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् । दाङ घर भइ लामो समयदेखि सरसरफाईको क्षेत्रमा काम गर्दै आएका पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।  स्थानीयको जीर्ण घरमा बस्दै आएका उनको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।  घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको र थप जानकारी आउन बाँकी रहेको उनले बताए ।  घटनाका बिषयमा…

Read More

धनगढी: सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल सुदूरपश्चिम आउने भएका छन । आइजीपी अर्याल अहिले साझ धनगढी आउने कार्यक्रम रहेको छ । यस्तै उनले भोलि सशस्त्रको वनवेहडास्थित शिक्षालयको वार्षिकोत्सब तथा झलारीस्थित एपीएफ स्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। यस्तै उनले सुदूर पहाडको दार्चुला पनि पुग्ने कार्यक्रम रहेको बताइन्छ।

Read More