Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आसरा सुधार केन्द्रले दुर्व्यसनीलाई समाजमा पुनःस्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक सुधार र सकारात्मक परिवर्तनका लागि केन्द्रले गरेको योगदानको चर्चा गर्दै लागुऔषध प्रयोगकर्तालाई परामर्श, उपचार र पुनःस्थापनाका माध्यमबाट नयाँ जीवन प्रदान गरेको बताए। त्यस अवसरमा महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज तथा केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे। साथै…

Read More

धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु भएको छ। हिजो (सोमबार) जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको हो। उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय रुपमा मृत्यु भएको जनाइएको छ। प्रहरीले शौचालयमा ढलेर उनको मृत्यु भएको दाबी गरे पनि विकलाई कुटीकुटी मारेको आरोप लागेको छ। कारागारभित्रकै एक समूहले विकको कुटीकुटी हत्या गरेको आरोप लागेको हो। जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीका अनुसार जेलमा पनि गुण्डाराज छ। कारागारका कैदीबन्दीका अनुसार कैलाली जेलमा खुलमखुला मोबाइल चलाउनेदेखि भित्रै रक्सी समेत सेवन गर्ने गतिविधि पनि हुने गरेका छन्। सोही क्रममा जेल कैदीबन्दीको प्रशासन हेर्नेले…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन्। जसको चालूतर्फ ४०.६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको हो। तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले असार १ गते पनि ३१ अर्ब ६२ करोड ९८ हजार बराबरकै बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो। त्यसबेला नेकपा एमालेले सरकार छोडेपछि अल्पमातमा परेका पूर्व…

Read More

काठमाडौं: प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत सिफारिस भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकलेराउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नाम पठाएको थियो। तीमध्ये वरिष्ठतामा सबैभन्दा अगाडि रहेका राउतको नाम संवैधानिक परिषद्ले छानेको हो। अब संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।

Read More

काठमाडौं: निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन खुलेको छ। शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारसँग दरखास्त मागेको हो।  आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागाजतसहित आगामी असोज २९ गतेसम्म आवेदन पेश गर्न भनेको छ। दोब्बर दस्तुर तिरेर कात्तिक ६ गते राति १२ बजेसम्म अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन पेश गर्न सकिनेछ। म्यादभित्र दाखिला नभएको र रीतपूर्वक पेश नगरिएको दरखास्तउपर कुनै कारबाही नहुने जनाउँदै आयोगले झुठ्ठा विवरण उल्लेख गरी दरखास्त फाराम बुझाएमा उम्मेदवार स्वयंम जवाफदेही हुनुपर्ने बताएको छ। यससम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा राखिएको छ।

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालय नक्सालले पर्साको इलाका प्रहरी कार्यालय, पोखरियाका इन्स्पेक्टर राजन ढकाललाई तानेको छ। कारबाहीस्वरुप उनलाई प्रहरी प्रधान कार्यालय जिम्मेवारी खोसेर तानेको हो। आर्थिक लेनदेनमा मुछिएको र कार्यसम्पादनमा कमजोर रहेको भन्दै कारबाहीस्वरुप उनलाई हटाइएको हो। पोखरियामा इन्स्पेक्टर स्वरुप शर्मालाई प्रहरी प्रधान कार्यालयले खटाएको छ।

Read More

काठमाडौं: डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन र नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ। आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारीका अनुसार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ। र, यो पनि: लक्ष्मण सिंह ‘खत्तम…

Read More

धनगढी: दार्चुलामा ८ जुवाडे पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका–४ खंलगा विद्यानगर बस्ने ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवातास खेलिरहेको अवस्थामा आइतवार ८ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा धानुक (घर धनी)सहित ८ जनालाई नगद ९३ हजार २२० र १ गड्डी ताससहित नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: गैरन्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै राजधानीस्थित कुपोन्डोलमा विरोध प्रदर्शन भएको छ। काठमाडौं उपत्यका नदी किनार करिडोर पीडित संघर्ष समितिले गोकर्णेश्वर नगरपालिका–७, माकलवारीस्थित बागमती करिडोर छेउमा विरोध प्रदर्शन गरेको छ। झण्डै एक दर्जन प्रदर्शनकारीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्मको सडक बन्द गराएका छन्। उनीहरुले टायर र ढुङ्गा राखेर सडक अवरुद्ध पारेका हुन्। सर्वोच्च अदालतले नदी तथा खोलाका दायाँ–बायाँ थप २० मीटर मापदण्ड तोक्न आदेश दिएपछि त्यहाँका स्थानीय आन्दोलित भएका छन्। उक्त मापदण्ड कार्यान्वयन गरिए हजारौं नागरिक सुकुम्बासी बन्ने उनीहरुको भनाइ छ। आन्दोलनमा उत्रिएका नदी तथा खोला किनारबासीहरुले सडक अवरुद्ध गरेर नाराबाजी थालेका छन्।

Read More

काठमाडाैं: सुदूरपश्चिमस्थित डडेल्धुरा घर भएर हाल  चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ। डा. केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज (आइतबार) काठमाडौंमा निधन भएको हो। भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो। डा. केसी  विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए।  डडेल्धुराकाे अमरगढी नगरपालिका–४ खलंगा पुख्यौली घर भएका उनले  चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए। त्यसपछि केसीले  नेम्सबाट एमडी गरेका थिए। हाल काठमाडाैंमा बस्दै आएका उनी कैलालीकाे सेती प्रादेशिक अस्पतालकाे मेसु भएका थिए।

Read More