Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली सेनाका पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । नेपाली सेनाका अनुसार थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

Read More

धनगढी : तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ। तर कैलालीको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्। किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ। उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन्। कैलालीमा उनले पहिलोपटक व्यावसायिक रूपमा नै स्याउखेती गरेका हुन्। विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन्। रोपेको एक वर्षमा नै सबै बोट फुलेको जानकारी दिँदै उनले भने,…

Read More

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए । विपक्षमा शून्य मत पर्‍यो । कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए । नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

Read More

धनगढी :  सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले विपक्षी दलका सांसदहरूको अवरोधका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि लफडा भएको छ । बैठकको प्रारम्भमै विपक्षी कांग्रेस र नउपाको रेशम चौधरी पक्षले उठेर विरोध जनाएका थिए । विपक्षी सांसदको नाराबाजीबिच सभामुख भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरेका हुन् ।

Read More

धनगढी: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाको बैठकमा अवरोध गर्ने भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक चल्न नदिने कांग्रेस सचेतक गीता चौधरीले बताइन् । मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेसले अवरोध गर्ने भएको हो । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले कांग्रेसको समर्थनमा २ वैशाखमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । नाउपाकै कैलाश चौधरीको पनि दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले पुन:सरकार गठनका लागि आह्वान गर्दै सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । सोडारीको नियुक्ति र प्रदेश प्रमुखको निर्णयविरूद्व चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सोडारीले विश्वासको मत लिन…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा माओवादी केन्द्रको संसदीय दलमा खगराज भट्टलाई दलको नेता भन्दा माथिको बरियता राख्ने निर्णय भएको छ । संसदीय दलको नेताबाट हटाइएका खगराजलाई अहिलेका लागि दलको नेता मानबहादुर धामी भन्दा माथिको बरियता राख्ने निर्णय भएको हो । दल नेताबाट हटाइएपछि कहिले नदेखिएका खगराज आज भने दलको बैठकमा देखिएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने निर्णय गरेसंगै खगराजको बरियता बढाएको छ । संसदीय दलको कार्यालयमा बसेको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्रीप लगाएको छ ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप समेत जारी गरेको छ । प्रदेशसभा सदस्य ओमबिक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप जारी गरिएको जानकारी दिए । बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ । बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउदै मानबहादुर धामीलाई चयन गरेका थिए ।

Read More

धनगढी : कञ्चनपुरको बेलौरीमा एक शिक्षकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवक पक्राउ परेका छन् । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दलाई ढुङ्गाले हानि हत्या गर्ने सोहि ठाउँका ३५ बर्षिया महेश भण्डारी पक्राउ परेका हुन । बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ईन्चार्ज प्रहरी निरिक्षक गौरी प्रसाद जैशीका अनुसार प्रहरीको टोली र कैलालीबाट आएको कुकुरले पनि समात्नमा सहयोग गरेको बताए । बिहिवार बिहान आफनो टोली करिब ४ बजेको समयमा फरार रहेका युवकलाई खोजिगर्दा बेलौरी–६ दुम्लीमा खोजतलासीको क्रममा ती युवक भण्डारी ट्याक्टरको पछाडीको ट्रलीमा भुसा भित्र सुतेको अवस्थामा पक्राउ गरिएकोे बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ईन्चार्ज प्रहरी निरिक्षक…

Read More

काठमाडौं : जननेता मदन भण्डारी र जीवराज आश्रितको आज ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। एमालेले आज पनि मदन नगर बल्खुमा कार्यक्रमको आयोजना गर्ने भएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो…

Read More

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।  बुधबार बसेको निगमको संचालक समितिको बैठले गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट बुधबार आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५१.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर…

Read More