धनगढी : सुदूरपश्चिम प्रदेश सभा माओवादी केन्द्रको संसदीय दलमा खगराज भट्टलाई दलको नेता भन्दा माथिको बरियता राख्ने निर्णय भएको छ ।
संसदीय दलको नेताबाट हटाइएका खगराजलाई अहिलेका लागि दलको नेता मानबहादुर धामी भन्दा माथिको बरियता राख्ने निर्णय भएको हो ।
दल नेताबाट हटाइएपछि कहिले नदेखिएका खगराज आज भने दलको बैठकमा देखिएका छन्।
मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने निर्णय गरेसंगै खगराजको बरियता बढाएको छ । संसदीय दलको कार्यालयमा बसेको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्रीप लगाएको छ ।
Facebook Comments Box