Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपां) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ । पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले बैठकले निर्णय गर्ने छ । अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी गरेको प्रवक्ता मनिष सुमनले बताए । पार्टी विभाजनको विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता सुमनले बताए । उनका अनुसार आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन राखिएको छ । दल…

Read More

काठमाडौं : आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर तीनजनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।

Read More

काठमाडौं : आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध…

Read More

बैतडी : बैतडीमा बुधबार बिहान बोलेरो जिप दुर्घटनामा परेको छ । धनगढीबाट बैतडीको तल्लादेहीका लागि छुटेको सुपप्र ०२००१ ज ३८५ नम्बरको जिप सतबाँझ –गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ सिदुन भन्ने स्थानमा दुर्घटनामा परेको हो ।  बुधबार बिहान साढे दुईबजेतिर जिप दुर्घटना परेको र जिपमा सवार सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।  दुर्घटनामा परी पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ बर्षीय दिपक पार्की, उनका ८ बर्षीय छोरा छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ बर्षीय धनजीत पार्की, उनकी १५ बर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ बर्षीया कृष्णा पार्की…

Read More

धनगढी : कैलालीमा सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु भएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका-४ भालुफाटाकाे नयाँ बाटाे पुर्नस्थापना सुधार केन्द्रमा साेही ठाउँ २ का २५ वर्षीय सुनिल शाहीकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिप्रेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनकाे छतबाट बुधबार राति हाम फालेकाे बताए । छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा घाेडाघाेडी अस्पतालमा उपचारका क्रममा मृत्युु भएकाे बताए । शाहीकाे निधार, गर्धन, कम्मर र दुवै हातमा चाेट लागेकाे देखिएकाे बताए । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उदेश्यले भवनकाे छतबाट हाम…

Read More

काठमाडौं : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ। देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ। साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। आज राति देशभर आंशिक बदली हुनेछ। कोशी, मधेस, बागमती, गण्डकी र…

Read More

धनगढी : बझाङमा चट्याङ लागेर ४ जना घाइते भएका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-७ थाम्कामा मंगलबार साँझ ७ बजेको समयमा चट्याङ लागेर ४ जना घाइते हुनुका साथै एउटा घर जलेर नष्ट भएको र एउटा भैंसी पनि मरेको छ । घाइते हुनेमा खप्तडछान्ना ७ बस्ने बर्ष ४९ की बेलु देवी खड्का, सोहि ठाउँ बस्ने फिट्टु खड्काका छोरा बर्ष ८ का योगेन्द्र खड्का, लुड्की देवी खडका, दुधा रावत र ललित रावत रहेका छन् । उनीहरु सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्लयका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । साथै चट्याङ लागेर आईते रावतको एउटा भैंसी मरेको छ भने एउटा घर समेत जलेर पुर्ण…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा भीषण आगलागी भएको छ । मंगलबार साँझ बझाङ प्रहरीको परिसरमा भीषण आगलागी भएको हो । जिप्रकाको माथिल्लो स्थानमा आगलागी भएको डीएसपी भरत शाहले जानकारी दिए। जिप्रकामा भने कुनै क्षति नभएको उनको भनाई छ। आगलागीबाट अहिलेसम्म जिल्ला प्रहरी कार्यालमा कुनै क्षति नभएको बताइएको छ । आगलागीबाट नियन्त्रणको प्रयास भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

Read More

काठमाडौ : सत्तारुढ घटक एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला निराधार भएको निर्णय सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको भोलिपल्ट (सोमबार) बोलाइएको संसदीय दलको बैठकले हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेको छ । ‘‘ संसदीय दल सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको वक्तत्वमा भनिएको छ । उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न सक्ने आशंका गरिएको थियो । किनकि यो सत्ता…

Read More

काठमाडौं : अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै चार जनाबाट उनले सुरुमा १ करोड १८ लाख रुपैयाँ लगेका थिए । पहिले ब्राजिलमा गएर काम गर्ने र त्यहाँबाट अमेरिका जाने भन्दै नक्कली कामदार भिसा बनाएर उनीहरूलाई पठाइएकोमा फिलिपिन्स पुगेपछि त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो । पीडित चार युवा नेपाल फर्किएपछि फेरि उनीहरूलाई अमेरिका पठाउने भन्दै दिल्ली पुर्‍याइ २ महिनासम्म राखिएको खुलेको अपराध अनुसन्धान…

Read More