Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका दुई दर्जन नेता चीन जान लागेका छन । महासचिव देव गुरुङको नेतृत्वमा दुई वटा उडानबाट सिचुआन प्रान्तको छन्तु प्रस्थान गर्न लागेका हुन । सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जनाको यात्रा प्रबन्ध मिलाइएको छ । सिचुआन एअरलाइन्सको उडानमा महासचिव गुरुङ,अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की र विमला केसी जान लागेका हुन । सोही उडानमा जगत बिएस,गीता गहतराज,ईश्वरचन्द्र ज्ञवाली,गायत्री गुरुङ,दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव पनि छन । मध्यान्ह १२ः०५ बजेको एअर चाइनाको उडानमा भने कृष्णकुमार…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले चार जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ४ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका धनगढी-१५ का नरसिंह चौधरी र कुटपिट मुद्दामा ५ हजार जरिवाना ठहर भएका भानु चौधरी रहेका छन् । त्यस्तै बहुविवाह मुद्दामा १ बर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी-९ का हरिलाल भण्डारी र लागूऔषध खैरो हिरोइन मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी-६ का ललित कडायत रहेका…

Read More

धनगढी : अछाममा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका ७ मार्कुखोला बस्ने रतन बोगटीको घरमा आगलागी भएको हो । आगलागीबाट घर भित्र रहेका नगद, सुनचाँदीका गहना, लत्ताकपडा, अन्नपात, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएका छन् । आगलागीबाट मानविय र चौपाया क्षेती केहि नभएको । आगलागीबाट भएको क्षेतीको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढी : कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट, बालुवाघाटबाट र गोदावरी न.पा.१ महेन्द्रनगर रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५८ हजार ५ सय९० बराबरको प्याज,गुट्खा,पास्ता,लेडिज कुर्ती,सुपारी,चकलेट लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । यसैगरी, गोदावरी न.पा. १ धनगढी रोड स्थित सब्जी मण्डी नजिकबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका ५लाख ५४ हजार ५ सय बराबरको ११ सय किलोग्राम प्याज र ८ वटा मोटरसाईकल सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.७ बस्ने बर्ष ४० को राम अवतार रानालाई बिशेष सूचनाको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले एकीकृत समाजवादीका दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको छ । आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार बिहान सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपनि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्यौलता उत्पन्न भएको स्रोतले जनाएको छ । मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय…

Read More

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा . महावीर पुनले आत्मकथा बेचेर पाँच करोड रुपैयाँ आर्जन गरेको बताएका छन । उनले आफ्नो आत्मकथाको किताब बेचेर प्राप्त रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आएका छन । गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका छन । विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका पुनको पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ। पुस्तकको बिक्रीबाट झन्डै पाँच करोड रुपैयाँ आर्जन गरेको…

Read More

काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ । परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ ।मंगलबार उनले मेहन्दी समारोह गरेको तस्विर तथा भिडियो सार्बजनिक भइसकेको छ भने बागलुङबाट जन्ती मंगलबार नै झापा पुगिसकेका छन । हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन ।

Read More

काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज १ डलरको भाउ अर्थात बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जाएको छ । हिजो १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा थियो । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा हुन्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने डलरको भाउ बढेको बेला फाइदा हुन्छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु पनि कमजोर बन्दै गएको छ ।…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिका आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ। महानगरपालिकाका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा वैशाख महिनाभरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ। स्तन, पाठेघर मुखको क्यान्सर र प्रजनन रुग्णता ९अस्वस्थ्यता० सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्न लागिएको हो।

Read More

काठमाडौं । आज देश विदेशमा रामनवमी पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ ।

Read More