Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यवसायिक बनाइने बताए। मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइनेछ तथा अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ। अनलाइनमार्फत ई–भिसाका लागि आवेदन दिन सक्न प्रणाली लागू गरिनेछ तथा कारागारलाई सुधारगृहकारुपमा विकास गरिने उनले जानकारी दिए।

Read More

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। संघीय प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा मंगलबार उक्त बजेट प्रस्तुत गर्दै उनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए। त्यसैगरी उनले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत बजेट छुट्याएका छन्। बजट-मसयद-२०८१-जठ-१५-गत-11_finalDownload

Read More

काठमाडौँ : सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गरिने बताएका हुन्। बजेटमा समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरुका बचतकर्तालाई सञ्चालकको बापतको सम्पती विक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिएको हो। पाँच लाख भन्दा माथिको बचतलाई भने बजेटले समेटेको छैन। यस्तै, सहकारी क्षेत्रमा देखिएको समस्यालाई न्युनिकरण गर्न सहकारी ऐनमा संसोधन गर्ने तथा बचत छुट्टै नियमनकारी निकायको स्थापना गर्ने घोषणा गरिएको छ। यो सँगै अगामी वर्षबाट बचत तथा ऋण सहकारी संस्थालाई गाभेर सञ्चालनमा ल्याइने समेत व्यवस्था गरिएको छ।

Read More

काठमाडौं : नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा.एसके सिंह र डा.पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो । सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पताल लगिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम पुर्‍याइएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ । दोस्रो पटक म्याद थपेकै दिन…

Read More

धनगढीः लक्ष्मी कत्था उद्योग प्रालिका सञ्चालकको निधन भएको छ। लक्ष्मी कत्था उद्योग प्रालि गेटा कैलालीका सञ्चालक कैलाश चन्द जैनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा दुइ पुरुष मृत अवस्थामा फेला परेका छन्।सोमबार कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौर घर भइ हाल भिमदत्त नगरपालिका –९ ब्रमदेब ससुराको घरमा बस्दै आएका अन्दाजी ४०  वर्षीय सिद्द ओड ट्याक्टरको ट्राली मुनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  यसै गरि कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्लाका नाम,थर,  नखुलेका अन्दाजी ३० वर्षका कोमोदी भनि चिनिने भारतिय नागरिक बेहोस अवस्थामा फेला  परेका थिए। बेहोस अवस्थामा फेला  परेका कोमोदीलाइ इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीको एम्बुलेन्समा राखि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाछ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ । आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले आज कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने जानकारी दिदै आजै संसदीय छानबिन सहमति बन्ने बताए । उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ । आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट संसदीय छानबिन समिति गठन हुन्छ । हामीले समितिमा बस्नेको नाम ३ बजेसम्ममा दिइसक्छौं ।’ लेखकले कांग्रेसले उठाउदै आएको माग सम्बोधन हुने गरि संसदीय छानबिन समिति बन्ने बताए । उनले बचतकर्ताको रकम फिर्ता हुने ग्यारेन्टी…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज (मंगलबार) धनगढीमा आयोजित कार्यक्रममा उनले विश्वमै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गरे। ‘गणतन्त्रको खास आभास जनतामा हुन नसकिरहेकाले यो व्यवस्थाको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्न जरुरी छ’, मुख्यमन्त्री सोडारीले भने। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव डा. हरि लम्सालले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र भएको व्यवस्थामा मात्र नागरिक स्वतन्त्र भएर बाँच्न पाउने बताए । सो समारोहमा स्थानीय लोकसंस्कृति झल्किने झाँकी र खेलकुद गतिविधि प्रस्तुत गरिएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सत्रौँ गणतन्त्र दिवसले प्रदेशमा दिगो शान्ति,…

Read More

काठमाडौं : संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ । मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठकको समय २ घण्टा पछि सारिएको हो ।  सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि ३ बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए । प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्‍क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ रहेको बताए । उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्‍वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सशस्‍त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते…

Read More