काठमाडौं : संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठकको समय २ घण्टा पछि सारिएको हो ।
सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि ३ बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।
Facebook Comments Box