धनगढी : अछाममा साईबर अपराधमा संलग्न एक किशोर पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट जथाभावी अश्लिल शब्द प्रयोग गरि गाली गर्ने, जिस्क्याउने लगाएत कार्य गर्ने १८ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ । सोमवार पक्राउ गरिएको ती किशोर माथी ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउदले बताए ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका-७ लाटामान्डौमा रहेको छेडागाडमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर रोल्पाको मध्यपश्चिम नगरपालिका-३ खुमेल घर भएका ३६ वर्षीय दिपेन्द्र घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक घर्तिमगर हिमाल रोजीन खोटो कम्पनिमा खोटो संकलन कार्यका लागि डोटी पुगेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाकारी दिएको छ।
धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलले जनाएको छ । प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए । मुख्यमन्त्री सोडारीले पर्सि जेठ ३ गते बिहान सवा १० बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस उत्तरार्द्धमा छ । सन्दीपको पक्षबाट पाँचजनाले बहस सकेका छन् । सुरूमा दुई सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि सन्दीपको तर्फबाट बहस सुरू भयो । वरिष्ठ अधिवक्ताहरू मुरारी सापकोटा, कृष्ण सापकोटा र शम्भु थापापछि अहिले रामनारायण बिडारी र रमण श्रेष्ठले पनि बहस सकेका छन् । श्रेष्ठ र बिडारीले जिल्ला अदालतले गरेको फैसलामा प्रशस्त प्रश्न उठाए । प्रमाणविना अदालतले फैसला सुनाएको भन्दै उनीहरूले त्यसलाई सच्याएर सन्दीपलाई सफाइ दिन माग राखे । उनीहरूले बहस गरिरहँदा पनि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले कुनै प्रश्न गरेनन् । श्रेष्ठ र बिडारीपछि गौशाला २६ का…
काठमाडौं : सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने उनले बताए । सरकारले घोषणा गर्दै आएको भू-उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाइ सुविधा पुर्याउनेदेखि राष्ट्रिय गौरवका सिंचाइ परियोजना निर्माणमा पनि जोड दिइएको छ । सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा…
काठमाडौं : प्रहरीले लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङमा गोली प्रहार गरेको छ। मंगलबार रतुवामाई नगरपालिका वडा नम्बर ६ कादुपार्डा सडकमा प्रहरीले गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए। पक्राउ पर्नेमा भारत विहार किसनगन्जका ४८ वर्षीय भागिरथ हरिजन छन्। लागु औषध कारोबारी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। ‘प्रहरीसँग मुठभेड हुँदा प्रहरीले गोली चलाएको छ,’ एसएसपी थपलियाले भने, ‘उनी मोटरसाइकलमा थिए। प्रहरीले समाउन खोज्दा प्रहरीलाई नै घिसारेका थिए।’ उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो। उनको दाहिने खुट्टामा चोट…
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कम्तिमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका हुन्। उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराए। तीन तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि उनले बताए। स्टार्टअप व्यवसायको विकास र प्रवद्र्धन गर्न प्राज्ञिक संस्थाहरु सँग सहकार्य गरिने सरकारको नीति रहेको उनले उल्लेख गरे। त्यस्तै आगामी आर्थिक वर्ष कम्तिमा एक हजार लघु,…
काठमाडौँ : समुन्द्रमा चल्ने पानी जहाज नेपालमा दर्ता हुने भएका छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समेटिएको राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा जानकारी गराएका छन्। त्यस्तै, सरकारले नेपालको पहुँच समुन्द्रसम्म पु¥याउनका लागि जलमार्गको विकास गरिने पनि जानकारी गराए। नारायणी र कोसी नदीमा पानी जहाज सञ्चालनका लागि टर्मिनल भवन निर्माण गरिने भएको हो।
काठमाडौं : सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ । बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । कमलप्रसाद भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् । को कहाँ भए सरुवा ?
काठमाडौँ : सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ ।’ उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो । डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन् । सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो ।