काठमाडौं: नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ।
विगत ५५ वर्षदेखि औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले कुकुर तिहारको दिन विभिन्न कला प्रस्तुत गर्दै आएको छ। सोही अवसरमा के–नाइन कार्यालय महाजगञ्जमा बिहीबार प्रहरीका तालिम प्राप्त कुकुरहरुले विभिन्न कला प्रस्तुत गरे।
के–नाइन कार्यालय प्रमुख तथा डीआईजी देउती गुरुङको उपस्थितीमा प्रहरीले कुकुर तिहार मनाएको हो। यो वर्षको सर्वोत्तकृष्ट कुकुरको अवार्ड भने ‘टाइगर’ नामको के–नाइनले पाएको छ।
के–नाइनले सिन्धुपाल्चोककी रत्नकुमारी थापा र नुवाकोटकी नेत्रकुमारी क्षेत्रीको हत्यामा सफल अनुसन्धान गरेको थियो।
Facebook Comments Box