Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ। मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा समस्या देखिएको भन्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ। यसका लागि गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको, विगतका कार्यक्रमको प्रभावकारिता नभएको भन्दै मन्त्रालयले यस आर्थिक वर्षको कार्यक्रम स्थगित गरेको हो। ‘स्थानीय तहसँगको छलफलमा समेत उठेका विषयको सम्बोधन आवश्यक छ। चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्यालय छनोटको कार्यमा ढिलाइ भएको छ। चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय अत्यन्त कम रहेको देखिएको छ। त्यसैले, यस बैठकले यस आर्थिक वर्षको राष्ट्रपति…

Read More

काठमाडौँ : आज बुधबार, १४ चैत २०८० (२७ मार्च २०२४)। हेर्नुस् आजको राशिफल- मेष : मनपर्ने व्यक्तिको भरपुर साथ-सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। गरेको कार्यमा सफलता हात लाग्नेछ। भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ८६ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी फल मिल्नेछ। लगानीको अवसर आउनेछन्, सोचविचार गरेर…

Read More

धनगढी: सोमबार तराइमा होली थियो, होलीमा कैलालीको कर्णाली पुलमा होली खेल्ने र हेर्नेहरूको घुइँचो थियो। स्थानीय युवायुवती होलीमा रङ्गिन कर्णाली पुगेका थिए। त्यसैमा एक हुल युवाहरूको टोली कर्णाली पुलतर्फ लाग्यो। टोलीमा स्थानीय केही युवाको शरीरको माथिल्लो भागमा लुगा थिए, रङ्गले रङ्गिएका थिए। पानीले रुझेका थिए। इलाका प्रहरी कार्यालय चिसापानीकाअनुसार माथिल्लो शरीरको कपडा फुकालेर सडकमा डुलिरहेका उनीहरूलाई नदीतर्फ नजान भनिएको थियो तर साथीहरू धेरै पछि भेट भएकाले सामूहिक तस्बिर खिच्न गइरहेको भन्दै उक्त समूह अघि बढेको थियो। प्रहरीले सोध्यो, ‘कता हिँड्नु भएको ?’ ‘ऊ पुलसम्म। फोटो खिचेर फर्किहाल्छौँ’, उनीहरुले प्रहरीलाई भने। फाटो खिच्न भनेर पुल पुगेका युवाहरू एकाएक पुल माथिबाट हाम्फाल्न…

Read More

धनगढी: कैलालीमा बलात्कार आरोपमा समातिएका एक नाबालक अदालतबाट छुटेका छन्। केही समय अगाडि जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालक बलात्कार आरोपमा समातिएका थिए। प्रहरी हिरासतमा बसेका उनलाई जबर्जस्ती करणीको मुद्दा चलाइएको थियो। तर उनी अदालतबाट छुटेको प्रहरी स्रोतले जनाएको छ। नाबालक भएकाले उनलाई अदालतले अघिल्लो सातातिर छोडेको बुझिएको छ। उनले २५ वर्षीया स्थानीय युवतीमाथि ३ मिनेट करणी गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए।त्यसपछि उनलाई मुद्दा चलाइएको थियो। उनले सुस्त मनस्थितिकी ती युवतीलाई बोलाएर करणी गरेको बताइएको थियो।

Read More

धनगढी : बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरणमा निवेदन परेको बताइएको छ। केही दिन अगाडिमात्रै चन्दविरुद्ध जनप्रतिनिधि भएर करोडौं सम्पत्ति आर्जन गरेको भन्दै निवेदन परेको हो। एमालेको कारबाहीमा परेर नेपाली काँग्रेस रोजेकी उपाध्यक्ष चन्दविरुद्ध उनकै पार्टीका नेताहरु समेत अख्तियारमा पुगेको बुझिएको छ। उनले ५ वर्षको अवधिमा आर्जित धनले भक्तपुरदेखि महेन्द्रनगरको भीमदत्त नगरपालिकासम्मै जग्गा जोडेको भन्दै उजुरी परेको हो। मास्टर हुँदै राजनीतिमा होमिएकी चन्द ३६ वर्षअघि पञ्चेश्वर गाउँपालिका–४, निंगलाडमा जन्मिएकी थिइन्। अघिल्लोपटक शिवनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी उनी राष्ट्रिय सभा निर्वाचनमा एमालेकै उम्मेदवारलाई घात गरेको भन्दै निलम्बनमा परेकी थिइन्। उनै चन्दले जनप्रतिनिधिबाट बाहिरिएपछि भक्तपुरमा १ करोड…

Read More

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्डले राख्न नमिल्ने हतियार राखेको भन्दै छानबिन गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद हतियार स्वचालित भएकाले लाइसेन्स लिएर पनि व्यक्तिले बोक्न नमिल्ने भन्दै छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो । ५ चैतमा सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बडिगार्ड राजकुमार धिमाल हतियार सहित पक्राउ परेका थिए । प्रसाईंका बडिगार्ड धिमालबाट अर्मेरिया पारिन एसएलआर–इटाली राइफल गन २२ एलआर–मेड इन जमर्नी लेखिएको स्वचालित हतियार बरामद भएको थियो । त्यस्तै १०० राउण्ड गोली लोड भएका म्यागजिन समेत प्रसाईंका बडिगार्डबाट बरामद…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित डायमण्ड स्पा (मसाज सेन्टर) मा अनैतिक गतिविधि भैरहेको बताइएको छ। मसाजका नाममा सञ्चालक अन्शु गुप्ता (आँसु) ले अवैध र अनैतिक गतिविधि गराइरहेका हुन्। आफूले नेपाल र भारतका प्रहरीलाई पैसा दिएर किनेको भन्नसमेत भ्याउने उनले स्पामा अनैतिक यौन गतिविधि गराइरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार उनका नागरिकतासमेत दुबै देश (नेपाल र भारत) का छन्। उनै आशुले स्पाको आडमा यौनजन्य गतिविधिसमेत गराइरहेको बताइन्छ। प्रहरी स्रोतका अनुसार अस्ति आइतबारमात्र महेन्द्रनगरस्थित ४ वटा स्पा (मसाज सेन्टर) मा प्रहरीले छापा मार्दा आशुको डायमण्ड स्पामा कण्डमसमेत फेला परेका थिए। त्यतिमात्र होइन, आशुसहित उनका सबै कर्मचारीलाई जिप्रका लगिएको थियो। यता आशु गुप्ताले पनि आफूलाई…

Read More

धनगढी: कैलालीको लम्कीचुहास्थित मालिका टोलमा खुकुरी हानाहान भएको छ। हिजो (सोमबार) जिल्लको लम्कीचुहा नगरपालिका-१ मालिकाटोल नजिकै खुकुरी हानाहान भएको हो। प्रहरीक अनुसार खुकुरी प्रहारबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय विवेक खड्का र मुकेश चौधरी रहेका छन्। अहिले उनीहरूले उपचार गराइरहेको र दुबैले प्रहरीमा निवेदनसमेत दिएको बताइएको छ।

Read More

धनगढी : सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगीत गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मंगलबार दिनभर खोजी गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेपनि उनी भेटिएका छैनन् । साँझ परेका कारण मंगलबार (आज) लाई खोजी कार्य स्थगीत गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । उनको भोलि बिहानैदेखि पुनः खोजी गरिनेछ । सोमबार होलीमा रमाइलो गर्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले एकसाथ कर्णाली नदीमा हाम फालेका…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्च नजिकै एक पुरुषको शव फेला परेको छ। आज (मंगलबार) खुलामञ्च पछाडि रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीका अनुसार शवको सनाखत हुन सकेको छैन। त्यहाँ अहिले प्रहरी गएको छ भने उक्त शव अन्दाजी ३५/३६ वर्षीय पुरुषको हुनसक्ने अनुमान गरिएको छ। आज स्थानीयले सडेको लास गन्हाएपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

Read More