Author: महेन्द्रनगर पोष्ट

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक असई विवादमा तानिएका छन्। असई अमर भण्डारी हालै विवादमा तानिएका हुन्। उनी विवादमा तानिएपछि अस्तिमात्रै उनलाई जिम्मेवारीबाट हटाइएको कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार उजुरी तथा छानबिन शाखामा जिम्मेवारी भएका असई भण्डारीलाई अन्यत्र ड्युटीमा हालिएको हो।उनलाई विवाद आएपछि सो शाखा (फाँट)को जिम्मेवारीबाट मुक्त गरिएको हो। उनै असई भण्डारीले आफ्नो दाईको लगानी रहेको धनगढी बुद्धचोकस्थित बाडुली रोधी घर एण्ड रेस्टुरेन्ट बारलाई आफ्नो भन्दै बताउने गरेका छन्। त्यहीँ रोधिघरमा भएको एक लफडाको विषय जिल्ला प्रहरी कार्यालयमा आएकोमा उनैले छानबिन गरिरहेको विषय खुलेको थियो। त्यसपछि उनको सो प्रकरणमा स्वार्थ जोडिएको भन्दै गुनासो…

Read More

काठमाडौ: न्याय सेवा आयोगले बुधबार कर्मचारीहरूको व्यापक सरुवा र बढुवा समेत सिफारिस गरेको छ।  आयोगले सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवा तथा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।  बुधबार बसेको न्याय सेवा आयोगको बैठकले महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीको बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा गरेको छ। बेपत्ता छानबिन आयोगका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे दुई सय कर्मचारीको सरुवा गरेको हो। आयोगले न्याय सेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ। सूची हेर्न क्लिक गर्नुहोस्

Read More

काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादमा फेरि निर्णय सुनाउने दिन (निसु) सारिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले दोस्रोपटक निर्णय सुनाउने दिन पर धकेलेको हो। नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते दायर गरेको रिटमा २ वर्षदेखि निर्णय हुन सकेको छैन। यस विवादमा गत मंसिर १९ गते नै सुनुवाइ सम्पन्न सकिएको थियो। यसअघि न्यायाधीशहरू संवैधानिक इजलासकै अन्य मुद्दामा व्यस्त भएको कारण दर्शाउँदै पुस १७…

Read More

धनगढी: दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन्।  अपिहिमाल गाउँपालिकासम्म सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न १० किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन्। तीन सूत्रीय मागपत्र बोकेर राजधानी आएका उनीहरुले मकरीगाड–खण्डेश्वरी (१० किलोमिटर) सडकका लागि आवश्यक बजेट, पालिकाका सबै वडा र वस्तीहरुमा राष्ट्रिय विद्युत लाइन विस्तार र वडा नम्बर ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गरे। जवाफमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले…

Read More

काठमाडौं: दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण संरक्षित क्षेत्रको जग्गा प्रयोग गर्न र सो स्थानमा भएका रुखबिरुवा हटाउने सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यतायात विकास सिमितबीच सम्झौता भएको छ। कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १ मा एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह निर्माणको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न मन्त्रिपरिषदले स्वीकृति दिईसकेको छ। मन्त्रिपरिषदको गत असोज २ मा भएको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा सो जग्गामा रहेका विभिन्न प्रजातीका १७०२ वटा रुख र पोलहरू हटाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच…

Read More

दार्चुला: जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ। यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ।  जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन्। जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी पनि कारागारमा रहेका छन्। उनले भने, “थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ। ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्।” जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ। 

Read More

काठमाडौं: नेपाल प्रहरीको स्टाफ कलेज मानिएको एडभान्स पुलिस स्टडिज (एपिएस) कोर्स सुरु भएको छ। प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले मंगलबार प्रवेश परीक्षाका लागि १४४ जना डीएसपी र इन्सपेक्टरहरूको नाम सार्वजनिक गरेको छ। २०७० सालमा इन्सपेक्टरबाट भर्ना भएका पिजीडिपिएसको सातौं ब्याचका ६५ जना डीएसपी र ७९ जना इन्सपेक्टरहरूले यो कोर्समा सहभागी हुनेछन्। यो कोर्स नगर्नेहरू एसएसपीभन्दा माथि बढुवा नहुने भएकाले यसलाई महत्त्वपूर्ण मानिएको छ। फागुनमा प्रवेश परीक्षा, चैतदेखि पढाइ सुरुनेतृत्व विकास र प्रशासनिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रमलाई लिडरशीप एण्ड स्टाफ कलेजले व्यवस्थापन गर्दै आएको छ। प्रवेश परीक्षा फागुनमा सञ्चालन गरिनेछ भने चैतदेखि औपचारिक रूपमा पढाइ सुरु हुने तयारी छ।…

Read More

धनगढी: डडेल्धुराको भागेश्वर गाउँपालिका-२ घर भई डोटीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय विपिनगरमा कार्यत ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको डोटी प्रहरीले बताएको छ।  जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार बिहान ३ बजेदेख ६ बजे सम्मको कार्यालय ड्युटीमा रहेका उनी एक्कासी छाति दुखेर बेहोस भएका थिए। त्यसपछि उनलाई स्थानीय विपिनगर पोलिक्लिनक लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएका पालीलाई चिकित्सकले मृत घोषणा गरेको डोटी प्रहरीले जनाएको छ। त्यहाँ सामान्य चेकजाँचपश्चात थप उपचारको लागि बिहान ४ बजे उनलाई सेती प्रादेशिक अस्पताल…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री, प्रदेश सभा सदस्य रमेशसिंह धामीले संसदीय दलको नेता फेरबदलको सहमति कार्यान्वयन नभएको विषय पार्टी केन्द्रीय समिति बैठकमा उठाएका छन्। काठमाडौँमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा सहभागी हुँदै धामीले सुदूरपश्चिममा दलको नेता परिवर्तनसम्बन्धी विगतमा भएको सहमति र केन्द्रीय निर्देशनको अवज्ञा भएको बताए। “२०७८ असार ३ गते पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष र १० जना प्रदेशसभा सदस्यहरूको बैठकमा सहमति भएको थियो। तर, त्यो कार्यान्वयन भएको छैन,” धामीले भने, “पार्टीबाट दुई पटक परिपत्र भएको भए पनि सहमति र निर्देशन कार्यान्वयन…

Read More

धनगढी: डोटीको जङ्गलमा एक महिलाको शव फेला परेको छ। केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा  महिलाको शव फेला परेको हो। डोटी प्रहरीका अनुसार महिलाको परिचय भने खुलेको छैन। ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए। उनले शव कङ्कालको रूपमा रहेको र कपडा, कपाल, चुँडी लगायतका पहिरनले महिलाको भएको पहिचान गरिएको बताए। शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Read More