Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासमा भएको प्रारम्भिरक सुनुवाइपछि बुधबार निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी भएको हो। अन्तरिम आदेश जारी हुने कि नहुने भनेर जेठ ८ गते हुने सुनुवाइपछि मात्र निर्णयमा पुग्ने अदालतले जनाएको छ। निर्वाचन आयोगको वैशाख २४ को बैठकमा भएका विभिन्न निर्णयमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियामा रहेका भन्ने देखिन आई उक्त विषयमा निर्वाचन आयोगसमेतसँग छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएकाले उक्त बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकार्बाही जहाँ जेजस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्न अदालतको आदेशमा…

Read More

काठ्माडौं : पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुधबार दिउँसो नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो । निस्दीको मतियार डाँडामा भएको दुर्घटनामा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । उनका अनुसार घाइते सबैको उद्दार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको छ । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् । अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएकाले अन्तर्राष्ट्रिय र घरेलु सबै प्रकारको क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराएका छन् ।

Read More

धनगढी : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडलाई थप ५ दिन थुनामै राख्न अनुमति लिइएको छ। इलाका प्रहरी कार्यालय झलारीले वैवाहिक जबर्जस्ति करणी मुद्दामा पक्राउ परेका ओडमाथि दोस्रोपटक थप ५ दिनका लागि म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको हो। झलारी प्रहरी स्रोतका अनुसार हिजो (मंगलबार) जिल्ला अदालत कञ्चनपुरबाट ओडमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओड गत महिना इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएका थिए। उनीमाथि घरभित्रै आफ्नै पत्नीमाथि बलात्कार गरेको आरोप छ। उनकी पत्नीले जबर्जस्ति करणीको कसुरमा गत वर्षको २० चैतमा उजुरी दिएकी थिइन्। त्यसपछि गत महिनाको…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा…

Read More

धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा गरेको अवरोधका कारण महत्वपूर्ण कुरा ओझेलमा परेको बताएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर गरेको बताउँदै मन्त्री भण्डारीले प्रतिनिधिसभा सञ्चालन गरेर पनि त्यो विषयको सामाधान निकाल्न सकिने बताए । प्रेस चौतारी कैलालीले बुधबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले संसद सुचारु गरेर पनि कांग्रेसले उठाइरहेको मुद्दा उठाउन सकिने तर कांग्रेसले अनावश्यक बखेडा गरिरहेको टिप्पणी गरे । यही कारण प्रतिनिधिसभामा उठाउन गर्नैपर्ने धेरै महत्वपूर्ण कुरा ओझेलमा परेको उनी बताउँछन् । कांग्रेस व्यक्ति केन्द्रीत हुँदा संसदमा उठाउनुपर्ने अन्य महत्वपूर्ण विषय ओझेलमा परेको…

Read More

काठमाडौं : भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको छ । बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् । मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ । कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ । उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र…

Read More

धनगढी: नेपाली सेनाका प्युठ धनबहादुर ओलीको मृत्यु भएको छ। खानेपानी बन्द भएपछि हेर्न गएका बाँकेको बैजनाथ गाउँपालिका–४ घर भएका उनको हिजो निधन भएको सेनाले जनाएको छ। भीरबाट लडेर उनको ज्यान गएको हो। उनी बाजुराको हिमाली गाउँपालिका–५ स्थित सुरक्षा पोष्ट, तिथिचौरमा बाहिरी मुहानबाट आउने खानेपानी बन्द भएपश्चात् बनाउन भनेर ब्यारेकबाट निस्किएका थिए। सो क्रममा भीरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो। अहिले उनको शव पोष्टमार्टमको लागि कोहलपुर लगिएको बताइएको छ।

Read More

काठमाडौं: बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय स्टोरमा आगलागी हुनुमा मानवीय त्रुटी जिम्मेवार ठहर्याइएको छ।  ठूलो मात्रामा हातहतियार क्षति हुनेगरी भएको आगलागीको कारण पहिल्याउन गठित समितिले सुरक्षा कमजोरीका कारण घटना भएको निष्कर्ष निकालेको हो। समितिले घटनामा जिम्मेवार ठहर गर्दै दुई एसपीसहित सात जनालाई विभागीय कारबाहीको लागि सिफारिससमेत गरेको छ।  एआईजी वंशीराज दाहाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा दुई छानविन समिति बनाइएको थियो। दुबै समितिले ९ नम्बर पशुपति बाहिनीका एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठसहित सात जनालाई कारबाहीको सिफारिस गरेको छ। उनीहरुले आगोको धुवाँ देख्नबित्तिकै तत्काल ‘रेस्पोन्स’ गर्न नसकेको छानबिन समितिको…

Read More